१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आठौं संस्करणको कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ असोज १२ गते हुने



अ+ अ-

काठमाण्डौ । हिन्दुहरुको महान चाड वडादशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार आयोजना हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौं संस्करण यही असोज १२ गते शनिबार हुने भएको छ ।

उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको सो दौड आठौं संस्करणमा पुगेपछि स्थानीय कागेश्वरी नगरपालिकाले नगरस्तरीय दौडको रुपमा स्थापित गराउन आधा स्वामित्व लिएपछि यसपालिको दौडको नाम परिवर्तन भएर ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ नामाकरण भएको छ ।

उज्ज्वल तारा स्कुल परिसर, सनसिटी, काँडाघारीबाट शुरु भई सोही स्थानमा समापन हुने सो दौड विगत ७ वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।
५ किलोमिटर दुरीको दौडको तयारीबारे जानकारी दिँदै आयोजक उज्ज्वल तारा स्कुलका संस्थापक सल्लाहकार एवम् दौडका संयोजक नेपाली सेनाका महासेनानी बिष्णु कार्कीले उज्ज्वल तारा स्कुलले शुरु गरेको यो दौडलाई नगर, जिल्ला, प्रदेश हुँदै देशव्यापी बनाउने स्कुलको लक्ष्यलाई कागेश्वरी मनोहरा नगरपालिकाले शुरुवात् गरेको बताए ।

गतवर्षसम्म ७ वटा विधा रहेको प्रतियोगितामा यसपालि विद्यालयका ८ र ९ कक्षाका विद्यार्थीहरु समेतले भाग लिन पाउने गरि यसपटक ९ वटा विधा बनाइएको पनि महासेनानी कार्कीले बताए ।

उनका अनुसार प्रतियोगितामा ८ र ९ कक्षाको छात्र/छात्रा विधा, खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा गरि ९ वटा विधा रहने छ ।

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा, नगरकोट र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए ।

उनका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको दौडको तयारी बारेको छलफलमा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि,नेपाली सेना, ट्राफिक प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा पत्रकारहरुको सहभागिता थियो ।