३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको प्रश्न- सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिले दिएको निश्कर्षमा कतिपयलाई चित्त नबुझेको बताउनु भएको छ ।

आज बाट सुरु भएको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दे सभापति लामिछानेले उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन नदिएका कारण स्वीकार गर्न कठिन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो -सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो ? उहाँले भन्नुभयो यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वर्थामा आफू ननांगिनुस्। पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन।

भेलालाई सम्बोधन गर्दे उहाँले सहकारीबाट अब गोरखा मिडियातिर कुरा मोड्ने प्रयास भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘गलत नगर्दा जता मोडियोस् के मतलब ? केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए। त्यो होइन रहेछ, उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन्।

उहाँले भन्नुभयो -हाम्रो हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि हो, कसैलाई आक्षेप लगाउन होइन। तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने हामीलाई के भन्नु। हाम्रो आगमन नै अरुका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरुको टाउको दुखिरहन्छ।

रास्वपा सकियो भन्ने पनि छन् भन्दै उहाँले भन्नुभयो ‘तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सिकियौं ? हामी त फैदलै छौं।’

२०७९ को चुनाव २०८४ मा चुनाव लड्न हामीले दिएको निम्ता कार्ड थियो। निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौं भने चुनावै लड्दा त के होला भन्दै लामिछानेले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो- रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने लागेको होला। रवि नभए पनि रास्वपा अब अभियानका रुपमा अगाडि बढ्छ। घण्टी चुनाव चिन्ह मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ ? रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन्।

उहाँले भन्नुभयो -दुई दल मिलेर दुई तिहाईको सरकार बनाउनु भएको छ, जनताको पक्षमा काम गरेर हाम्रो आवश्यकता र औचित्यलाई गलत सावित गरिदिनुस्।

लामिछानेले भन्नुभयो -बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं। भित्रबाट प्रहार नगर्नुस्। हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौं।

सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएका थियौं। सक्दो गर्‍यौं पनि। सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिन। समात्नुपर्ने ठूला माछा धेरै छन्, ढिलो–चाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउने उहाँले दाबी गर्नुभयो ।