७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

संरचना नमिल्दा हस्तान्तरण भएन पुनःनिर्मित कङ्केश्वरी मन्दिर

संरचना नमिल्दा हस्तान्तरण भएन पुनःनिर्मित कङ्केश्वरी मन्दिर
अ+ अ-

काठमाडौं । साँढे पाँच वर्ष अघिको भूकम्पले भत्किएको कङ्केश्वरी मन्दिर पुनःनिर्माण भएको डेढ वर्ष बितेपनि मन्दिर स्थानीय समितिलाई हस्तान्तरण भएको छैन । विसं २०७३ चैत ५ गते पुनःनिर्माण शुरु भएको मन्दिरको काम २०७६ जेठ २१ गते सम्पन्न भएको विभागका इञ्जिनीयर पूर्णबहादुर श्रेष्ठले बताउनुभयो । मन्दिर पुनःनिर्माणका क्रममा पुरातत्व विभाग र निर्माण व्यवसायीले कङ्केश्वरी गुठी एवं मन्दिर पुनःनिर्माण समितिलाई वास्ता नगर्दा संरचना बिगारिएको स्थाननीयवासीको गुनासो छ । गुठीका अध्यक्ष राम महर्जनले स्थानीयवासीसँग समन्वय नगर्दा संरचना बिगारिएको बताउनुभयो ।
 
निर्माण व्यवसायीले मन्दिरका पुराना पुरातात्विक महत्वका सामग्रीसमेत गुठीलाई हस्तान्तरण गरेको छैन । पुनःनिर्माण समितिका अध्यक्ष राजुराज जोशीले स्थानीयवासीलाई बेवास्ता गरी पुनःनिर्माण गर्दा पहिलेको भन्दा मन्दिरको उचाइ बढी चौडाइ घटेको गुनासो आइरहेको बताउनुभयो । मन्दिर पुनःनिर्माणको स्टमेट रु तीन करोड १४ लाख भएकामा रु तीन करोड १२ लाखमा तुलसीराज जेभीले पुनःनिर्माण गरेको विभागका इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । मन्दिर पुनःनिर्माण गरेको तुलसीराज जेभी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक राम साहले मन्दिर पुरानै आकार प्रकारमा पुनःनिर्माण भएको दाबी गर्नुभयो । मन्दिर क्षेत्रमा रहेका विभिन्न समितिले आकारप्रकार मिलेन भनी आवाज उठाइरहेको निर्माण व्यवसायीको दाबी छ । “मन्दिर क्षेत्रमा १७ वटा जति समिति छन्, पुनःनिर्माणका क्रममा गोदामघरमा सामान राखेको भाडा महिनामा रु २० हजार तिर्नुपर्‍यो, एउटा समितिले यो गर भन्छ, अर्कोले त्यो भत्का भन्छ, यसले गर्दा पनि काम गर्न पनि गाह्रो भयो”, उहाँले भन्नुभयो । विभागले ठेक्का आह्वान गर्नुअघि नै स्थानीयवासीले पुनःनिर्माण समिति गठन गरी सामुदायिकस्तरबाट मन्दिर बनाउन खोजेका थिए । समितिका अध्यक्ष जोशीले स्थानीयवासीसँग विभागले मतलब नै नराखी ठेक्का आह्वान गरेको बताउनुभयो । पुनःनिर्माणका क्रममा निर्माण व्यवसायीले मन्दिरको ड्रइङ डिजाइन नदेखाएको, पुनःनिर्माण स्थलमा सूचना पाटीसमेत नराखेको समितिले जनाएको छ । पुरानोस्वरुप अनुसार मन्दिर बनेन भन्ने गुनासो बढेकाले जाँच गर्दा त्यस्तो नदेखिए पुनःनिर्माण दोहोर्‍याउन लगाउने अध्यक्ष जोशीले बताउनुभयो । मन्दिरको चौडाइ घटाइ उचाइ बढाएको गुनासो विभागको हेलचेक्र्याइका कारण भूकम्पले क्षतिग्रस्त कङ्केश्वरी मन्दिर पुनःनिर्माण हुँदा पहिलेको भन्दा १४ इञ्च चौडाइ घटेको स्थानीयवासीको गुनासो छ ।
 
काठमाडौँ महानगरपालिका–१९ स्थित विष्णुमती किनारमा रहेको मन्दिरका पूजारी, नाइके, स्थानीयवासीलगायतले पहिलेकै स्वरुपमा मन्दिर पुनःनिर्माण हुनुपर्ने माग गर्दा पनि विभागले ठेक्का लगाएका निर्माण व्यवसायीले मानेनन् । विभागका प्राविधिक मन्दिर पुनःनिर्माणका क्रममा नभेटिएकोसमेत स्थानीयवासीको दुःखेसो छ । विसं २०७२ वैशाख अघि नै दक्षिणतिर ढल्किएको मन्दिरमा भूकम्पले क्षति भएपछि चामुण्डा देवीको मूर्ति बाहिर टहरामा राखी पूजा शुरु भएको थियो । मन्दिरको चौडाइ १४ इञ्चसम्म घटाइएकाले दुई कुनामा पहिले राखेको ऐनासमेत नअटेको हाल मन्दिरमा पूजासमेत गर्दै आउनुभएका रेखालु गोविन्द खड्काले बताउनुभयो । “पहिले राखिएको ऐना पुनःनिर्माण सकियो भनेपछि राख्न खोज्दा अटेन, ऐना पनि टहरामा राखिएको छ, मन्दिर भत्काउनुअघि तस्वीरसमेत लिइएन, मन्दिरको चौडाइ घटाएपछि छाएको पाता काटेर छाना छाइयो, काटेको एक बोरा पाता गोदाममा राखिएको छ”,उहाँले भन्नुभयो ।चौडाइ घटाइएकै कारण मन्दिरका चार कुनामा राखिएको अर्ना ९जङ्गली राँगा० को सिङसमेत नअटाएर गोदाममै थन्क्याइएको छ । पुरातात्विक महत्वको मन्दिर बनाउने बेलामा मन्दिर पुनःनिर्माण समिति र विभागले समेत ध्यान नदिँदा पूर्खाले दिएको नासो भावी पुस्तालाई हस्तान्तरण गर्न नसकिने अवस्थामा पुगेको स्थानीयवासीको गुनासो छ । 

 पुनःनिर्माण गर्नुअघि मन्दिरको इशान कोणमा रहेको घण्ट अड्याउने ढुङ्गाको बीचबाट छिरेर रङ्गरोगन गर्न सकिने ठाउँ भएकामा अहिले हात छिराउनसमेत अप्ठ्यारो हुने ठाउँमात्र बाँकी रहेको मन्दिरका नाइके लाहुरे देउलाले बताउनुभयो । निर्माण व्यवसायीले चौडाइ घटाएर पहिलेको भन्दा एक फिट उचाइ बढाएको उहाँले सुनाउनुभयो । “मन्दिर पहिलेकै स्वरुपमा नबनाई अनियमितता गरेकाले विभागलाई निर्माण व्यवसायीको भुक्तानी रोक्न भनेका छौँ”, मन्दिरका नाइके देउलाले भन्नुभयो । तर विभागले पुनःनिर्माणको भुक्तानी गरिसकेको जनाएको छ । मन्दिरको सत्तलमा सामान राखेको भाडा चामुण्डा परिवार नामक गैरसरकारी संस्थाले लिएर अनियमितता भएको उहाँले बताउनुभयो । मन्दिर क्षेत्रमा चौतर्फी अनियमितता गरेर ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पहिचान मेटाउन खोज्दा समेत स्थानीय सरकारले ध्यान  दिएको छैन । 
 
महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठले मन्दिरको चौडाइ पहिले भन्दा घटाइएको बताउनुभयो । “मन्दिरको चार वटै कुनामा राखिएको सिंहले पनि मन्दिरको चौडाइ घटेको पुष्टि गर्छ, निर्माण व्यवसायीले विभागले दिएको डिजाइन अनुसार नै काम गरेको भने पनि मन्दिरकोस्वरुप पहिलेभन्दा बिग्रिएको छ”, उहाँले भन्नुभयो । मन्दिरको उत्तरतिर दुवै कुनामा राखिएका ढुङ्गामा कुँदिएका सिंहको मूर्ति मिलेको छैन । दक्षिणतिरको भने मिलेको स्थानीयवासीले सुनाए । मन्दिर पुनःनिर्माणका क्रममा विष्णुमती किनार अर्थात् मन्दिरको पश्चिम भागमा रहेको ऐतिहासिक पिपलको रुखसमेत काटियो । रुख काट्न आदेश दिनेको भने दुर्गति भएको नाइके देउलाले बताउनुभयो । 
 
 विभागका प्रवक्ता रामबहादुर कुँवरले मन्दिरको पुरानोस्वरुप पुनःनिर्माणका क्रममा नबिगारिएको बताउनुभयो । पुरातात्विक महत्वका सम्पदा पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्ने विभागको नीति रहेकाले त्यसभन्दा तलमाथि हुन नसक्ने उहाँको भनाइ थियो । मुख्य शहरमा कङ्केश्वरीलाई अष्टमातृकामध्ये एक मानिन्छ । राजधानीको मुख्य शहरमा रहेका कङ्केश्वरी, भद्रकाली, इन्द्रायणी, तीनधारा पाठशालासँगैको पासीको अजिमा, नेपाली सेनाको मुख्यालयसँगैको फिपुको अजिमा, टङ्केश्वरी, नइ अजिमा, नारायणहिटी दरबारभित्रको अजिमालाई अष्टमातृकाका रुपमा पूजिन्छ । घोडेजात्राका बेलामा कङ्केश्वरीको जात्रा हुने गरेको छ । (रासस)