७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेवाः जातीय महासंघ गठन हुने

नेवाः जातीय महासंघ गठन हुने
अ+ अ-

काठमाडौं । नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन हुने भएको छ । आज काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो । भेलाले जातीय संगठनहरुले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको र ती समस्याको समाधानको लागि सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै महासंघ गठन गर्ने निर्णय गरेको हो । कार्यक्रममा भेला संयोजक साथै नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले नेवाः जातीय संगठनको एकता र सहकार्य विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभयो । सो क्रममा संयोजक खड्गीले न्हूदँको र्याली, नेवाः एकता दिवस, गुथि विधेयकको आन्दोलन लगायतका अभियानमा जातीय संगठनको महत्वपूर्ण भूमिका रहने तर उक्त भूमिकाको सहि मूल्याङ्कन भने कहिल्यै नभएको गुनासो गर्नुभयो ।

‘विभिन्न नेवाः गतिविधि र अभियानहरुमा जातीय संगठनले नै बाजा बजाइदिनुपर्ने, सहभागीता जनाइदिनुपर्ने, तर हामी जहिल्यै सहभागीतामै मात्र सिमित भयौं,’ खड्गीले भन्नुभयो । ‘जातीय संगठनलाई नेतृत्व भने कहिल्यै दिइएन ।’ अवधारणा पत्रमा जातीय महासंघ गठन गर्दै नेवाः समाजको परम्परागत पेशाको आधुनिकीकरण गर्दै समाजको आर्थिक उन्नतीमा योगदान दिनुका साथै जातीय समाजहरुको भवन बनाउनेसम्मका उद्देश्यहरु प्रस्ताव गरिएको छ । काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक साथै काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जनले अहिलेसम्म नेवाः जातीय संगठनलाई नेतृत्व वर्गले प्रयोग मात्रै गर्दै आएको बताउनुभयो । गुथिको स्वामित्व लिइएको जातीय संगठनले नै गुथि विधेयकको आन्दोलनको नेतृत्व गरेको भए निष्कर्षमा पुगिने महर्जनको दावी थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जातीय संगठनको एकताको विषय निकै सुखद रहेको भन्दै समाज, सम्पदा, संस्कृतिको संरक्षणमा सबै लाग्न सुझाव दिनुभयो । स्थानीय भाषा, कला, संस्कृति, सम्पदाको संरक्षणमा काठमाडौं महानगरपालिकाको सधैं साथ रहने प्रतिवद्धता महानगर प्रमुख शाक्यले जाहेर गर्नुभयो । यसै भेलाले महासंघ गठनको आवश्यक तयारीको काम अघि बढाउनका लागि मनोज नेवाःको संयोजकत्वमा सात सदस्यीय नेवाः जातीय महासंघ तयारी समिति पनि गठन गरेको छ । साथमा, चाडबाडमा नेवाः समाजभित्र एकरुपता ल्याउन सोही तयारी समितिबाट नेपाल पंंचाङ्ग निर्णायक समितिसँग छलफललाई तीव्रता दिने निर्णय पनि भेलाले गरेको छ ।