२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय दलको बेठकले संसद अवरोध सही भएकाले जारी रहने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी रहने बताउनु भयो । उहाँले पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदमा सो विषयमा माओवादीले लिएको अडान सही रहेको बताउनुभएको पनि जानकारी दिनुभयो ।

उहाँले काठमाडौं उपत्यका नदी किनारको बारेमा सरकारले पुनरावलोकनमा जानुपर्ने निर्णय गरेको बताउनु भयो । उहाँले उपसभामुखले प्राविधिक रुपमा केही विषयवस्तुहरु गल्ती गरेको भएपनि अहिले संवैधानिक परिषद्का लागि हटाउन लागिएको भन्दै यसबारेमा माओवादीले प्रतिवाद गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संसद अवरोध गरिरहेका छौँ । माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्ध थियो, त्यसलाई अपमान गर्नेगरी, हामीले जो शान्ति प्रक्रियामा जो विषयवस्तु उल्लेख गरेर अघि बढिरहेका छौँ । शान्ति प्रक्रियामा जे विषयवस्तु उल्लेख गरेका छौँ । यि सबैबाट हामीले संविधानमा जसरी सबैकुरालाई इंगित गरेका छौँ । यसलाई अपमान गर्नेगरी त्यो संघीयता, गणतन्त्र सहितको संविधान निर्माण गरेका छौँ, त्यो सबै विषयलाई अपमानित गर्ने हिसावले जसरी नेकपा एमालेका मान्य योगेश भट्टराईले संसदमा आफ्नो अभिव्यक्ति दिनुभयो । आफूलाई बोल्ने क्रममा त्यसमा हामीले त्यतिखेर पनि सशक्त प्रतिवाद गरेकै थियौँ । सम्माननीय सभामुखज्युले त्यसको बारेमा रुलिङ पनि गर्नुभएको थियो । त्यसको जवाफ जसरी अस्ति २६ गतेको बैठकमा आयो, त्यसमा एउटा शब्द हिंसालाई मात्रै केन्द्रित गरेर आयो । हाम्रो विषयवस्तु जनयुद्ध, जनमुक्ति सेना, शहीद, बेपत्ता योद्धालाई अपमानित गरेको विषयवस्तु उहाँको समग्र भनाइको भावसँग आउँथ्यो । यसकारणले हामीले सबै विषयवस्तु हिंसामा केन्द्रित गरेका थियौँ । त्यसकारण त्यो बेठिक भयो । भनेर हामीले नियमावलीको व्यवस्थाअनुसार नियमावलीमा नै कसैलाई अपमानित गरेर, होच्याएर बोल्न हुँदैन भन्ने थियो र मैले त्यसबेला नै नियमापत्ति गरेका थियौँ । त्यो विषयवस्तु संविधानसम्मत भएन । त्यो शान्ति सम्झौताअन्तर्गत भएन र प्रतिवाद गरेका हौँ । हाम्रो अध्यक्षले एकदम सही भएको छ भन्नुभयो । हामीले हिंसा शब्दलाई मात्रै निरपेक्ष रुपमा होइन, हामीलाई अपमानित गरेकोमा प्रतिवाद गरेर जाने । संसद अवरोध सही भएको छ । यो समस्याको समाधान नहुँदासम्म संसद अवरोध हुन्छ । 

काठमाडौं उपत्यका नदी किनारको बारेमा सरकारले पुनरावलोकन गर्नुपर्ने निर्णय गरेका छौँ ।  उपसभामुखले प्राविधिक रुपमा केही विषयवस्तुहरु जसरी राख्नुपर्ने थियो । त्यहाँ केही कमजोरी भएकै हो । सम्मानित ठाउँमा बसेको व्यक्तिले लेटरहेडको प्रयोग गर्दा विचार पुर्‍याउनुपर्ने पर्ने हो । तर समग्र विषयवस्तुलाई हेर्दा १८ महिनाअघिको कुरा हो । त्यो बेला केही भएन । यो संवैधानिक परिषद्सँग सम्बन्धित छ ।’

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति मायाप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । –न्युज एजेन्सी नेपाल