१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं

वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकि रहेका जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने लगायतका १८ विषयवस्तुहरुका समावेश गरिएको सो कार्ययोजना पारित गरेको हो । कार्ययोजनामा आगामी मंसिरभित्र सबै तहका कमिटीहरुको अधिवेशन सम्पन्न गरिसक्ने उल्लेख गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

कार्ययोजनामा पाटीलाई आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढाउने भनिएको छ । त्यसैगरी पार्टीमा युवाहरुलाई परिचालन गर्नका लागि ४० वर्ष भन्दा मुनिका युवाहरुलाई समेटेर युथ समिट आयोजना गर्ने निर्णय पनि गरिएको छ । महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि युवाहरुलाई परिचालन गर्ने उद्देश्यका साथ एमालेले आफ्नो नेतृत्वमा सो सम्मेलन आयोजना गर्ने कुरालाई वार्षिक कार्ययोजनामा समावेश गरेको बताउनु भयो । एमालेले समावेश गरेको १८ वटा विषयबस्तुसहितको कार्ययोजनामा सबै कमिटीहरुको कार्यालय व्यवस्थित बनाउने,सोसल मिडियालाई अनिवार्य रुपमा जोडने र हरेक पार्टी कमिटीहरुले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारको कामलाई व्यवस्थित गर्ने कुरामा जोड दिइएको छ ।

महासचिव पोखरेलले भन्नुभयो,‘पार्टीको वार्षिक कार्य योजना निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ । वार्षिक कार्ययोजना भित्र हामीले १८ वटा विषयहरु समावेश गरेका छौं । पार्टी सदस्यता नविकरण, विस्तार र अभिलेखिकरणको कामलाई कार्य योजनाको पहिलो विषय बनाइएको छ । नियमित रुपमा अधिवेशनहरुको आयोजना र व्यवस्थापनको काम खासगरी केही जिल्लाहरुमा अधिवेशन हुन बाँकि छ । यसलाई कार्तिक मसान्त भित्र सम्पन्न गरिसक्ने योजना बनाएका छौं । र सबै तहका अधिवेशनहरु मंसीर मसान्त भित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ । त्यसैगरी पार्टी प्रवेश गरेका र  विभिन्न कमिटीका अधिवेशनहरु विदा भएकाहरुका लागि ३ महिना भित्र पार्टीको तर्फबाट यथोचित जिम्मेवारी दिने सन्दर्भमा सम्बन्धित कमिटीले गृहकार्य गर्ने हिसावको योजना बनाइएको छ । अर्को पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्यांकनको एउटा विधि स्थापित गर्ने योजना बनेको छ । पार्टी कमिटीको परिचालन र अन्तर्विरोधको व्यवस्थापन गर्ने कुरालाई खासगरी पार्टी एकता कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई आधार बनाएर कार्ययोजना तर्जुमा गर्ने काम भएको छ । र, विशेष गरी हामीले पार्टी स्कुल संचालन र त्यसलाई अभियानका रुपमा चलाउने खालको योजना बनाएका छौं । जस अन्तर्गत प्रत्येक वर्ष पार्टीको सम्पूर्ण सदस्यहरु कुनै न कुनै तहको स्कुलमा अनिवार्य रुपमा सामेल हुने र स्कुलिङमा भाग लिएकाहरुलाई नेतृत्व निर्माणको आधारको रुपमा प्रयोग गर्ने अवधारणालाई अगाडि बढाउने खालको काम भएको छ । त्यसैगरी सरकार र जनप्रतिनिधिको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि कार्ययोजनाको विषय बनाइएको छ । खासगरी सरकारले गरेका कामहरुलाई जनस्तरमा लैजान कुराहरुमा र जनप्रतिनिधिको भूमिका वृद्धि गर्ने कुराहरुमा कार्ययोजना केन्द्रित रहेको छ । अर्को हामी पार्टी कामको एउटा महत्वपूर्ण विषयको रुपमा कार्यालयहरुको प्रभावकारी व्यवस्थापनको विषयलाई जोड दिन खोजेका छौं । किनकी कार्यालय व्यवस्थित भयो भने स्वभाविक रुपमा पार्टी र जनतासँगको सम्पर्क जीवन्त हुन्छ भन्ने मान्यताको आधारमा हामीले केन्द्रदेखि वडासम्मका कार्यालय व्यवस्थापनको कुरालाई कार्ययोजनाको विषय बनाएका छौं । त्यसैगरी प्रचारको सन्दर्भको बारेमा हामीेले परम्परागत प्रचारको ढाँचामा सोसल मिडियालाई अनिवार्य रुपमा जोडने र हरेक पार्टी कमिटीहरुले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारको कामलाई व्यवस्थित गर्ने भन्ने खालको सोचलाई अगाडि बढाउने खालको काम गरेका छौं ।      

त्यसैगरी कामका नयाँ क्षेत्रहरु पहिचान गर्ने र जिम्मेवारी प्राप्त गर्न नसकेको नेता, कार्यकर्ताहरुलाई नयाँ कामको क्षेत्रहरुमा परिचालित गर्ने खालको योजना बनाइएको छ । र, हरेक कमिटीहरुले आफ्नो वार्षिक बजेट तयार गर्नुपर्ने र बजेट अनुसार आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने परिपार्टीलाई पहिले हामी केन्द्रीय नेतृत्वको तहमा केन्द्रिय कमिटीको तहमा गर्दथ्यौं भने अव सबै तहका कमिटीहरुमा वार्षिक बजेट र स्रोत व्यवस्थापन गर्ने र बजेट अन्तर्गत खर्च व्यवस्थापन गर्ने खालको कुरालाई जोड दिन खोजिएको छ । अर्को पार्टी जीवनको सुद्धीकरण र सुदृढीकरणको विषयलाई पार्टीको वार्षिक कार्ययोजनाको महत्वपूर्ण विषय बनाएर पार्टी भित्र एक प्रकारले जीवन शैली आचारणको सन्दर्भमा, आर्थिक अनुशासनको प्रश्नमा, चारित्रिक प्रश्नहरुमा पार्टी नेता, कार्यकर्ताहरु जनताको लागि प्रिय र स्विकार्य हुने स्थिति बनाउने हिसावले कामलाई व्यवस्थित गर्ने भन्ने खालको सोचहरु अगाडि सारिएको छ । त्यसैगरी बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणका सोच अन्तर्गत काम कसरी व्यवस्थित ढंगले अघि बढाउने र मिशन २०८४ मा पार्टीलाई कसरी बहुमत प्राप्त पार्टीका रुपमा अगाडि बढाउने भन्ने विषयलाई हामीले कार्ययोजनाको विषय बनाएका छौ । र, त्यसमा मूलतः नयाँ पुस्तामा पार्टी कामलाई विस्तार गर्ने कुरा, जनसम्बन्ध विस्तारका लागि जनसंगठनहरुलाई माध्याम बनाएर अगाडि बढने खालको कुरालाई मुख्य विषय बनाउने खालको काम भएको छ । अर्कोतिर प्रवासमा रहेका प्रवासीहरुबीचको कामलाई पनि स्वभाविक रुपमा देशहितको पक्षमा कसरी प्रयोग गर्न सकिन्छ ? भन्ने हिसावले त्यो विषयलाई पनि कार्ययोजनाको विषय बनाइएको छ । र, पार्टीको आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषय पनि हामीले अगाडि सारेका छौं । अर्को कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्षको उपलक्ष्यमा अगाडि सारिएका र सम्पादन हुन नसकेका  विषयहरुलाई आगामी दिनहरुमा सम्पादन गर्ने हिसावले यो योजना बनाइएको छ । त्यसैगरी पार्टीमा नियमित रुपमा रिर्पोटिङको प्रणालीलाई व्यवस्थित गर्ने खालको सोच अगाडि सारिएको छ भने यो वर्ष हामीले ४० वर्षमुनिका युवाहरुको युथ समिट आयोजना गर्ने हिसावले एउटा व्यापक तयारी गर्ने र त्यसक्रममा युवाहरुको राष्ट्र निर्माणमा भुमिका स्थापित गर्ने हिसावले नेकपा एमालेको नेतृत्वमा युथहरुको समिट आयोजना गर्ने । र, ४० वर्षमुनिका विभिन्न क्षेत्रमा क्रियाशील रहेका युवाहरुको समिट आयोजना गर्ने कुरा वार्षिक कार्ययोजनाको विषय बनाएका छौं ।’

एमालेले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर गर्ने भनिएका बाँकि कामहरु पनि सम्पन्न गर्ने कुरालाई पनि कार्ययोजनामा समावेश गरेको छ । —न्युज एजेन्सी नेपाल