७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउन माग

दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउन माग
अ+ अ-

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा सरोकारवाला निकायले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग राखेर विभिन्न संघर्षका कार्यक्रम आज सार्वजनिक गरेको छ । यसअघि पटक पटक आफूहरुको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको कारणले संघर्षका कार्यक्रम अघि सार्न बाध्य भएको  समितिले जनाएको छ । कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय पनि परेको समितिको गुनासो छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले यस्तो माग गरेको हो । दोहारी तथा रात्रिकालिन व्यवसायबाहेक अन्य व्यवसाय खुलाईएको तर यो क्षेत्र खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको समितिले आरोप लगाएको छ । 

समितिले भनेको छ,‘कोभिड–१९ ले नेपाल लगायत विश्वको अर्थतन्त्र धराशयी बनाएको र पछिल्लो समय नेपाल सरकारले रात्रिकालिन लगायत अन्य केही व्यवसायहरु बाहेक सम्पूर्ण व्यवसायहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिसकेको अवस्थामा देशका कला, संस्कृतिको संरक्षण र आयस्रोतको एक मेरुदण्डको रुपमा रहेको रात्रिकालिन व्यवसायलाई पूर्ण रुपमा बन्द गरिएको छ । र, हामीले पटक पटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएकाले, काठमाडौं उपत्यकामा मात्रै झण्डै पाँच सयको हाराहारीमा रहेको व्यवस्था र २० हजारभन्दा बढिले प्रत्यक्ष रोजगारी पाएको यस व्यवसायलाई सरकारले कुनै पनि चासो नदिनु दुःखद् कुरा हो ।’ 

समितिले आफ्ना मागहरुप्रति सरकार उदासिन बनेको पनि गुनासो पोखेको छ । समितिले आवश्यक जनस्वास्थ्यका मापदण्ड अपनाएर नै व्यवसाय खोल्ने जानकारी गराएको हो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी व्यवसायी संघका अध्यक्ष रिम क्षेत्रीले पनि दोहारी तथा रात्रिकालिन व्यवसाय तत्काल खुलाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘सरकारले समितिले अघि सारेका माग जसरी पनि सम्बोधन गर्नुपर्छ । माग सम्बोधन नभएकै कारण आज हामी आन्दोलनमा उत्रिएका छौं । यो आन्दोलनले भोलिको दिनमा चर्को रुप लिनसक्छ । सरकारले बेलैमा सोचोस ।’
त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माले पनि समितिका मागमा आफूहरुको एक्येबद्धता जनाए । उनले भने,‘यो संस्था र हाम्रो संस्थाबीच नङ र मासुको जस्तै सम्बन्ध छ । समितिले अघि बढाएका माग र मुद्दामा हाम्रो एक्येबद्धता छ ।’ त्यस्तै, नेपाल संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कार्कीले दोहारी तथा रात्रिकालिन व्यवसाय कलाकार सम्बन्धित व्यवसाय भएकोले सरकारले समितिले अघि सारेका माग र गरेको आग्रहलाई आत्मसात् गर्दै तत्काल व्यवसाय खुलाउनुपर्नेमा जोड दिए । उनले भने,‘भोलि आवश्यक परे हामी समितिले गर्ने संघर्षका सबै कार्यक्रममा सहभागिता जनाउँछौं र म यही मञ्चबाट एक्येबद्धता जनाउन चाहन्छु ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले समितिको मागप्रति सरकार गम्भीर बन्नुपर्ने जोड दिए । उनले समितिले अघि सारेका माग र मुद्दालाई आफ्नो साथ र सहयोग रहने विश्वास दिलाए । उनले भने,‘म आवद्ध सबै मिडियामार्फत यहाँहरुको मागको म उठान गर्नेछु । दोहोरी व्यवसायीहरुलाई साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’ कार्यक्रमको सञ्चालन भने समितिका सदस्य तथा प्रचारप्रसार विभागका प्रमुख भीम श्रेष्ठले गरेका हुन् । उनी राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका सचिवसमेत हुन् । कार्यक्रमको सभापतित्व विनोद श्रेष्ठले गरेका थिए भने संघर्ष समितिका संयोजक गुणराज खनाल, रसना ढकाल, विश्वास नेपाल, नविन बुढाथोकी, राजमान डंगोलले पनि आ–आफ्नो धारणा राखेका थिए ।