२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा रवि लामिछानेलाई कालो झण्डा



अ+ अ-

पोखरा । पोखरा सहकारी बचतकर्ताले रास्वपा सभापति रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।

पार्टीको प्रदेश विस्तारित बैठकमा सहभागि हुन पोखरा आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् । उनीहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता माग गरेका छन् ।

ब्यांक्वेट क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । सहकारी पीडितको प्रदर्शनकाबिच रविलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्‍याइएको छ ।