२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड—१९ संक्रमणको जोखिमका बीच देवघाटमा हरिबोधिनी एकादशी मनाउँदै



अ+ अ-

काठमाडौं । कोभिड—१९ संक्रमणको जोखिमका बीच पनि चितवनको पवित्र धार्मिक तीर्थस्थल देवघाटमा हरिबोधिनी एकादशी मनाइएको छ । देवघाट विकास समितिले संक्रमणको जोखिम कायमै रहेकाले भक्तजनहरुलाई नआउन आग्रह गरेपनि विहाने देखि देवघाटमा भक्तजनहरुको घुँइचो थियो । समितिले विज्ञप्ती नै जारी गरेर हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेको थियो । तर स्थानीय भक्तजनहरु हरिबोधिनी एकादशी मनाउन देवघाट नै पुगेका थिए । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको थियो । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला सुरु हुने गर्दछ ।

हरिबोधिनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । देवघाटधाममा औँसी, पूर्णिमा, एकादशी, माघे सङ्क्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने सङ्क्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।




भर्खरै