७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

महासंघको चुनावको बाटो खुल्यो, प्रधान समूहले चुनाव रोक्न खोजेको आरोप

महासंघको चुनावको बाटो खुल्यो, प्रधान समूहले चुनाव रोक्न खोजेको आरोप
अ+ अ-

शेखर गोल्छा समूह भनेर घोषणा गरिएको वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान समूहले आजबाट शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न गरेको अन्तिम प्रयास पनि विफल भएको साधारण सभाका प्रतिनिधिले बताएका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले चुनाव जित्ने डरले निर्वाचन सार्न खोजेकोले पर्सी शनिबार हुन लागेको निर्वाचन रोक्न माग गर्दै प्रधान समूहकै तर्फबाट सर्वाेच्च अदालतमा रिट दिएका थिएको दाबी यसअघि सो समूहले नै गरेको थियो ।   

सो रिटमा भएको सुनुवाईमा निर्वाचन रोक्न माग गरिएको अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश माग गरेकोमा सो आदेश दिन अदालतले अस्वीकार गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधान र उनलाई सहयोग गरिरहेका वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका शिवशंकर शाहमार्फत सो रिट दायर गरेका थिए ।   

तर सर्वाेच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले आज गरेको आदेशमा महासंघको निर्वाचन शुरु भइसकेकोले त्यसलाई सुचारु गर्न भनिएको छ । 
महासंघको विधानअनुसार सो निर्वाचन गएको चैत महिनामै हुनुपर्दथ्यो । तर कोभिडका कारण लकडाउन भएपछि यस चुनावी साधारण सभा अहिले मात्र हुन लागेकोले यसको वैधानिकतामाथि प्रश्न उठाउँदै सो रिट दायर गरिएको हो । 

उता महासंघका वर्तमान उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल स्वयंले महासंघको यो साधारण सभा रोक्न नहुने धारणा राखेका थिए ।  
ढकालको पक्षबाट अधिवक्ताहरु रमणकुमार श्रेष्ठ र ललित बस्नेतले बहस गरेका थिए र आजमात्र भएको पहिलो सुनुवाईका क्रममा उनीहरुले उता साधारण सभा शुरु भएर प्रधानमन्त्रीज्यूले उद्घाटन गरिसक्नुभएकोले यो अन्तरिम आदेश मागको कुनै अर्थ नरहेको भनी तर्क गरेका थिए ।   

यसअघि पनि गोल्छासहितको सो समूहले गएको चैत महिनामा हुने अधिवेशनको पनि खासै तयारी नगरेको र अन्तिममा आएर रोक्ने तयारी भित्रभित्रै गरेको थियो । तर कोभिडका कारण सरकारले नै चैत ११ गतेदेखि लकडाउन गरेकोले उनीहरुलाई हाइसन्चो भएको कार्यसमितिका एकजना सदस्यले जानकारी दिए । उनले त्यही समयमा भनेका थिए– अहिले नै निर्वाचन गर्यो भने चन्द्र ढकालले ८० प्रतिशत नै मत ल्याएर जित्नसक्ने देखिएकोले कार्यसमितिको बैठक डाकेर साधारण सभाको म्याद एक वर्ष थप्ने विषयमा भित्री तयारी गरेका थिए, सरकारले नै लकडाउन गरेपछि उनीहरुलाई हाइसन्चो भएको थियो ।

त्यसपछि लकडाउन केही खुकुलो भएपछि गत असार २६ र २७ गते महासंघको साधारणसभाको मिति तोकिएकोमा उनीहरुले नै अकस्मात पदाधिकारी बैठक बोलाएर रोकेका थिए ।
साधारणसभाको अन्तिम तयारी भइरहँदा यता अकस्मात पदाधिकारी बैठक बोलाएर अनिस्चित कालका लागि रोक्ने निर्णय गरिएको थियो । सो कार्यको चन्द्र ढकाल समूहले तत्कालै विरोध गरेर साधारण सभा सार्ने जस्तो गम्भीर निर्णयका बारेमा छलफल गर्न तत्कालै कार्यसमितिको बैठक डाक्न माग गरेको थियो । 

ढकाल समूहले त्यसको भोलिपल्टै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्दै साधारण सभा रोक्ने निर्णय गर्ने अधिकार कार्यसमितिलाई मात्र रहेकोमा विधान विपरीत अकस्मात गरिएकोले यो निर्णय आफ्नो समूहले निर्वाचन जित्छ भनेर गरिएको बताएको थियो । साधारण सभा आजदेखि औपचारिकरिक रुपमा शुरु भएको छ । आज विहान प्रधानमन्त्री केपी ओलीले तीन दिने साधारण सभाको औपचारिक उद्घाटन गरेका छन् । 

यता प्रधानमन्त्रीले महासंघको साधारण सभाको उद्घाटन गरिसक्दा पनि गोल्छाको नेतृत्वको किशोर प्रधान समूहले साधारण सभा रोक्ने अन्तिम प्रयास समेत जारी राखेको भन्दै सोही समूहकै आदेशमा २ नं प्रदेशका अर्का जिम्मेवार पदाधिकारी चुनाव रोक्न माग गर्दै अदालतसम्म पुग्नुलाई चन्द्र ढकाल समूहका एकजना कार्यसमिति सदस्यले अत्यन्तै दुःखद काम भनेका छन् । 

आफूहरुले निर्वाचन जित्ने स्पष्ट संकेत देखेपछि शुरुदेखि नै साधारण सभा सार्ने मात्र खेल अर्काे पक्षबाट भएको तर आफूहरुले भने संस्थाको वैधानिकता जोगाइराख्न र नेपाल उद्योग वाणिज्य महासंघजस्तो आधा शताब्दी भन्दा लामो इतिहास बोकेको गरिमामय संस्थालाई विधानसम्मत रुपमा यसको प्रतिष्ठा कायम राख्न निर्वाचन हुनुपर्ने माग विगतदेखि नै राख्दै आएको ती सदस्यले जनाए ।