३ आश्विन २०८१, बिहीबार
,
Latest
सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर बम विष्फोटको घटनाबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छ: एमाले



अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यही भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाईते भएको घटनाप्रति दु:ख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गर्नुभएको हो ।

प्रमुख सचेतक उहाँले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गर्नुभयो । प्रमुख सचेतक बर्तौलाले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भिरतापूर्वक लिई अनुसन्धानको कामलाई तिब्रता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यही भाद्र १३ गते पाँचथरमा एउटा असाध्यै दु:खद् घटना घट्यो । डाँडाटोलमा रहेको आईतराज केरुङको घर आसपास बेवारिसे बम फेला पर्‍यो । त्यो विष्फोट हुँदाखेरी विशेष गरी यो सशष्त्र द्धन्द्धकै २ जना बच्चाहरुको निधन भयो, मृत्यु भयो । त्यस विष्फोटमा गरी अन्य २ जना बालकहरु घाइते पनि भए । यो असाध्यै दु:खद घटना हो सम्माननीय सभामुख महोदय । यो दु:खद् घटना हो । सरकारले यस्ता घटनाबारे गम्भिरताका साथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यतया यतिका दिन भईसक्दा पनि यस घटनामा जोडिएका दोषी को हो ? यो सरकारले सरकारले यो सदनलाई आएर बताउनु पर्छ । थाहा दिनुपर्छ । यस्तो गम्भिर प्रकृतिको घटनामा माननीग गृहमन्त्रीज्युले संसदमा जानकारी गराउनु बढदा उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु । हामीले यो छापा मिडियाहरुमार्फत सुन्यौ, थाहा पायौं कि यो विशेष गरी सशष्त्र द्धन्द्धकै समयमा बिछयाइएको बमहरु, छोडिएका बमहरु, फ्याँकिएका बमहरु नै अहिले आएर विष्फोट भयो । यदि त्यसो हो भने सम्माननीय सभामुख महोदय, यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो ?कसले जिम्मा लिनुपर्ने हो ? सामान्य तया राज्य पक्षबाट यस प्रकारको बेवारिस बमहरु छोडेर हिँडने हामी देख्दैनौं, सुन्दैनौं । त्यतिबेलाका द्धन्द्धको एउटा पक्षबाट यस प्रकारका बेवारिसे बमहरु विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसको बारेमा जिम्मेवारी लिनुपर्छ । ’

प्रमुख सचेतक बर्तौलाले तत्कालीन विद्रोही पक्ष माओवादीले देशका कुनकुन ठाउँमा बेवारिसे अवस्थामा त्यस्ता बमहरु राखेको छन् ? भन्ने कुराको खोजीमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।