७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मजबुत बन्दैछ सीमा, बढ्दैछ सुरक्षा

मजबुत बन्दैछ सीमा, बढ्दैछ सुरक्षा
अ+ अ-

इलाम । दुई वर्षअघिसम्म नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफैंले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय ९एसएसबी०को गाली खानुपर्यो । भारततर्फ बाक्लो सुरक्षा रहे पनि नेपालमा सुरक्षा निकाय नहुँदा यस क्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै रहनुपथ्र्यो तर अब भने सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थालेका छन् । नेपालतर्फ पनि ठाउँठाउँमा सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि पुराना समस्या हल हुने स्थानीयवासीको अनुमान छ । हुन पनि सीमावर्ती क्षेत्रमा पाँच महिनाको अवधिमा पाँचवटा बिओपी स्थापना गरिएको छ ।

सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अघिल्लो वर्ष नै बिओपी स्थापना भएको थियो भने कालपोखरी, छब्बिसे, सलकपुर, समाल्बुङ र जौबारीमा बिओपी स्थापना भइसकेको छ । जौबारीमा सोमबार मात्रै बिओपी स्थापना गरिएको हो । सरकारले बिओपी स्थापनाका लागि स्वीकृति दिएको मानेभञ्ज्याङमा मात्रै बिओपी राख्न बाँकी छ । मानेभञ्ज्याङमा पनि बिओपी स्थापनाका लागि तयारी भइरहेको बताइएको छ ।

सीमामा प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी खडा गरिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले बताउनुभयो । छोटो समयमा सुरक्षाका लागि बिओपी बने पनि यति मात्र सुरक्षाले सीमा पूर्ण हुने अवस्था छैन । भारततर्फ एसएसबीको क्याम्प नै बसेकाले पनि ठूलै सङ्ख्यामा सुरक्षा खटाउनुपर्ने देखिन्छ । थापाका अनुसार अहिले पनि बिओपीमा तोकिएबमोजिमको सुरक्षा दिन जनशक्तिको अभाव छ ।

कालपोखरीको बिओपी स्थापनाका लागि एक स्थानीयले छ महिनाका लागि निःशुल्करूपमा आफ्नो घर दिएका छन् भने छब्बिसेमा एक वर्षका लागि निःशुल्क घर उपलब्ध गराएपछि बिओपी राखिएको छ । ती ठाउँमा आफ्नै संरचना बनाउनका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त भएपछि संरचना निर्माण अघि बढाइने सशस्त्र प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

प्रदेश नं १ का कृषि तथा सहकारी राज्यमन्त्री एवं इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य राम रानाका अनुसार सीमाको गतिविधिलाई बुझ्दै निरन्तर जनशक्ति बढाउँदै लगिने छ । विगतमा सर्वसाधारणले मात्र सुरक्षा दिइरहेको सीमामा अब सुरक्षाकर्मी थपिएपछि क्रमशः सङ्ख्या र संरचना बढाउँदै लगिने उहाँको भनाइ छ । “पहिले गोठालाले मात्र सीमाको रक्षा गर्नुपथ्र्यो, अब केही दह्रो भयो”, उहाँले भन्नुभयो । नेपालतर्फबाट सुरक्षा नपुगेकै कारण कतिपय क्षेत्रमा गाडिएका पिलर पनि गुमनाम बनाइएको छ ।

जिल्लाकै अग्लो सन्दकपुर गाउँपालिकास्थित सन्दकपुर ९३६३६ मि० मा त गाउँपालिकाले निर्माण गर्दै रहेको भवनमा समेत भारतीय पक्षले झमेला गरेको छ । सुरक्षा स्थिति फितलो हुँदा कतिपय सीमास्तम्भसमेत गायब भइसकेका छन् । जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ मात्रै फेला परेका छन् । रोङ गाउँपालिका–६ मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ गायब छ । एउटा सीमास्तम्भ हराएको भए पनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ । भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा चार मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसका लागि पनि सीमामा पर्याप्त सुरक्षा आवश्यक पर्ने बताउनुहुन्छ सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनाल । सीमा सुरक्षाका लागि स्थापना भएको बिओपीले सीमाको निगरानी, सीमास्तम्भको अभिलेखीकरण, त्यसको सुरक्षा, भारतीय सीमा सुरक्षा ९बल एसएसबी०सँग संयुक्त गस्ती, चोरी तस्करी नियन्त्रण र सीमामा समन्वयको काम गर्नेछन् ।

अहिलेसम्म स्थापना भएका छवटा बिओपी सरदर साढे सात किलोमिटर हाराहारी पर्नुपर्ने हो । तर कुनै बिओपीलाई चार किलोमिटर दूरी पर्छ भने कुनैको भागमा १२ किलोमिटरसम्मको दूरी पर्छ । कुनै ठाउँमा बिओपीको आवश्यकता परेमा थप गर्ने प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।