काठमाडौँ । शुक्रबार देशभर थप १७ सय ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षणमा १७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कोरोनामुक्त भएर १२ सय ३६ जना डिस्चार्ज भएसंगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ ।











