२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवालाई महामन्त्री विश्वप्रकाशको आग्रह: अब त्याग गर्नुस्, सभापति देउवाबाट ठाडै अस्वीकार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले सरकारको नेतृत्व दोश्रो तहका नेतालाई हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा शर्माले राख्नु भएको प्रस्ताब सभापति देउवाले ठाडै अस्वीकार गर्नुभएको छ ।

२०८३ मा देउवा प्रधानमन्त्री नबनी पार्टीको १५ औँ महाधिवेशन गर्नु उपयुक्त नहुने भनी तर्क भइरहेका बेलामा शर्माले देउवा प्रधानमन्त्री बन्ने र महाधिवेशन गर्ने विषय फरक भएको भन्दै यसलाई अन्तरसम्बन्धित बनाउन नहुने बताउनु भयो ।

बैठकमा महामन्त्री शर्माले भन्नुभयो- प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता हुनहुन्छ उहाँहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाऔं ।

शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिनुभयो

‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माले भने ।

बैठकमा महामन्त्री शर्माले भन्नुभयो ‘८१ सालमा छौँ हामी सत्ता व्यवस्थापन गर्नुस्, ८२ सालमा सबै तहको अधिवेशन र महाधिवेशन गर्न सकिन्छ । किनभने हिंसा पनि छैन, कोरोना पनि छैन । भूकम्प पनि छैन । ८२ मा गर्न सकेनौँ भने ८३ को बैशाखमा शुरु गरेर असारमा सरकारको नेतृत्व हामीलाई हस्तान्तरण हुने कुरा छ हाम्रो सभापतिज्यूलाई त्यो सकेर भदौमा शुरु गर्दा स्थानीय तहको निर्वाचनमा जान केबल सात महिनामात्र बाँकी रहन्छ । नयाँ आउनु भएको सभापतिलाई सात महिना पनि नदिने रु अहिलेको कार्यतालिकाको सन्दर्भमा महासमितिले निर्णय गर्ने होइन । के सोचाइ राखौँ भने सक्छौँ ८२ मा गरौँ । सक्दैनौँ भने ८३ बैशाखमा शुरु गरेर सरकारको नेतृत्व हस्तान्तरण असारमा हुन्छ त्यसको तीन महिनापछि त महाधिवेशन गरौँ न । कम्तीमा सात महिनाको समय नयाँ सभापतिलाई नयाँ कार्यसमितिलाई रहन्छ ।’

उहाँले भन्नुभयो ‘दुई कार्यकाल निरन्तर सभापति भएर तेस्रो पटक हुन पाइँदैन । एक पटक ग्याप गर्नुपर्छ । त्यस्तै स्थानीय तहको प्रमुख निरन्तर दुई पटक हुन पाइन्छ । संविधानले राष्ट्रपति दुई पटक हुन पाउने भनेको छ त्यसलाई एक पटक बनाउँ । सानो सानो सुधार कांग्रेसको नेतृत्व हुनुपर्छ । यसलाई हामीले फरक ढंगले सोच्नुपर्छ ।’

शर्माले बोलिरहँदा सभापति देउवाले भने उहाँको भनाईको प्रतिबाद गर्दे अस्वीकार गर्नुभएको हो ।