२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकूल मौसमले हवाई उडान प्रभावित



file photo
अ+ अ-

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन् ।

प्रतिकूल मौसमका कारण आन्तरिकततर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म पनि बन्द छन् । आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स(आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ । पोखरा विमानस्थलको भिजिविलिटी कमजोर हुँदा काठमाडौँ–पोखरा कुनैपनि उडान भएको छैन । पोखरा–काठमाडौँ मात्र दुई उडान भएको छ ।

मौसमका कारण भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडान समेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । यस्तै काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनुसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना पनि महाशाखाले पूर्वानुमान गरेको छ । रासस