१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

सुस्ताएका घरबास पुन: सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिँदै

सुस्ताएका घरबास पुन: सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिँदै
अ अ+ अ-

गलकोट । सात वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए । जिल्लामा सञ्चलित शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबासलाई पुन:सञ्चालनमा ल्याइएको छ ।

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सक्रियतामा घरबास सञ्चालकलाई आवश्यक सीप र तालिम सिकाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई पुराना र दुई नयाँ घरबास सञ्चालनमा ल्याइएको हो ।

कोरोना महामारी, पूर्वाधार अभाव, प्रचारप्रसार तथा तालिम प्राप्त जनशक्ति नहुँदा सुस्ताएका यहाँका घरबास पुन:सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । काठेखोला गाउँपालिकाभित्र स्थापना भइसकेर नियमित नभएका दुई र नयाँ दुई घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्न थालिएको फाउण्डेसनका सचिव उमेश गौतमले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिकामा चार स्थानमा स्तरीय घरबास सञ्चालन गर्ने उद्देश्यले चार घरबासका अहिले ८० जनालाई खानाका विभिन्न परिकार बनाउने, सञ्चालनको तरिका तथा पहुनाको स्वागतदेखि बिदाइसम्मको प्रक्रिया सिकाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार तालिमपछि सञ्चालक पूर्वाधार निर्माणमा केन्द्रित भएका छन् ।

शिवधुरी र बौर सामुदायिक घरबासलाई पुन:सञ्चालनको तयारी भइरहेको छ भने धम्जा देउराली र खानीगाउँ सामुदायिक घरबासमा पूर्वाधार निर्माण भइरहेको गौतमले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक सहयोग, काठेखोला गाउँपालिकाको साझेदारी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा पर्या–पर्यटनमार्फत सीमान्तकृत युवा र महिलालाई रोजगारी सिर्जना गरी आयआर्जनसँग जोड्न घरबास सञ्चालनका लागि सहयोग पुर्‍याइएको फाउण्डेसनका सचिव गौतमले बताउनुभयो ।

घरबासलाई आम्दानी र पर्यटनसँग जोड्ने उद्देश्यले तालिम दिइएको बताउँदै उहाँले सञ्चालकलाई घरबास व्यवस्थापन, स्थानीय पथप्रदर्शनसम्बन्धी जानकारी, आतिथ्यतालगायत विषयमा तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।

“विसं २०७५ मा जिल्लामा घरबास सञ्चालनको लहड नै चल्यो, पछि धेरै घरबास उचित व्यवस्थापन हुन नसक्दा बन्द भए, कतिपयले घरबास र होटलबीच फरक छुट्याउन सकेनन्”, सचिव गौतमले भन्नुभयो, “अहिले काठेखोलामा स्तरीय घरबास सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नियमित सञ्चालनको तयारी थालेका छौँ । स्थानीय महिला तथा युवालाई आयआर्जनमा सघाउँदै पर्यटनसम्बन्धी गतिविधि बढाउन, घरबासलाई दिगो बनाउने अभियानमा छौँ । उहाँहरुलाई पाक कला, पथप्रदर्शन र स्वागत, सत्कारको विषयमा जानकारी गराएको छौँ ।”

काठेखोला गाउँपालिकाले घरबास प्रवर्द्धनका लागि सहकार्य गरेको गौतमले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा चार वटा घरबास सञ्चालनमा ल्याइएको छ ।

फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनका अनुसार काठेखोलामा सात वर्षअघि दर्ता भएर नियमित हुन नसकेका शिवधुरी र बौर सामुदायिक घरबासलाई पुन: सक्रिय गराइएको हो ।

पर्यटकीय क्षेत्रहरुमा घरबासका कारण आगन्तुकको आगमन हुने भएकाले स्वरोजगारसँगै पर्यटन प्रवर्द्धन गर्न धम्जाको पर्यटकीय सम्भावना बोकेको देउरालीमा सामुदायिक घरबास सञ्चालन गर्न थालिएको स्थानीय मेखबहादुर थापाले बताउनुभयो । धम्जामा यसअघि बेलढुङ्गा सामुदायिक घरबास सञ्चालनमा आइसकेको छ ।

उहाँले पहिलो चरणमा १० घरबाट घरबास सञ्चालनको काम थालिएको बताउँदै तीनदिने घरबास व्यवस्थापन तालिम लिइसकेको जानकारी दिनुभयो । उहाँले घरलाई घरबासमा परिणत गर्न सरसफाइ, सुत्ने तथा भान्सा कोठा, शौचालय र स्नान घर निर्माणमा यहाँका स्थानीय जुटेको बताउनुभयो । धम्जाको देउराली गाउँ ताराखोला, तङ्ग्राम र धम्जाको केन्द्रमा पर्ने भएकाले पर्यटक भित्र्याउन समस्या नरहेको थापाको भनाइ छ ।

स्थानीय हिमालसागर श्रेष्ठले पहिलेदेखि देउराली व्यापारिक थलो भएको बताउँदै पर्यटकलाई व्यवस्थित खाने, बस्ने तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गराउने उद्देश्यले घरबास सञ्चालन गर्न थालिएको बताउनुभयो ।

व्यवस्थित घरबासको अभाव खड्किएको काठेखोला–८ लेखानीमा खानीगाउँ सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । फाउण्डेसनको सहयोगमा लेखानीका २० घरबास सञ्चालकलाई सक्रिय बनाएर तालिम दिइएको घरबास सञ्चालन तथा प्रवर्द्धनको साझेदार संस्था काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताउनुभयो ।

घरबासमार्फत बसाइँसराइले सुनसान बन्न थालेका गाउँलाई जागरुक बनाउन स्थानीय तहले महिलालाई पाक कला तथा सीप विकास तालिम दिइरहेको उहाँले जानकारी दिनुभयो । न्यून आयस्रोत भएका महिला र युवालाई लक्षितगरी घरबास सञ्चालनका लागि सञ्चालकलाई सक्रिय बनाइएको उपाध्यक्ष थापाको भनाइ छ ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसारगरी आन्तरिक पर्यटन भित्र्याउने, स्थानीय उत्पादनसँग जोड्ने, उत्पादनलाई बजारीकरण गर्ने र स्थानीय पथप्रर्दशनसम्बन्धी सीप सिकाउनाले घरबास दिगो रुपमा सञ्चालनमा आउने काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । पर्यटकलाई चिया बगानदेखि हिमशृङ्खाला देखाउन सकिने भएकाले सात वर्षअघि स्थापना गरिएका यहाँका घरबासलाई पुन:सक्रिय बनाइएको उहाँले जानकारी दिनुभयो । रासस