४ आश्विन २०८१, शुक्रबार
,
Latest
मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह: अब गुनासोबाट बाहिर निस्कनुस्



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताउनुभएको छ ।

आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने बताउनु भयो । तर अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेको बताउनु भयो ।

यसको प्रमाण पछिल्ला सरकार गतिविधिले पनि प्रमाणित गरिसकेको बताउनु भयो । उहाँले गुनासो मात्रै नभइ समाधान खोज्न लाग्नुपर्ने बताउनु भयो । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिन आग्रह गर्नुभयो । सरकारले यदी सुनेको नपुगेको भए अझै सुन्न तयार रहेको र सरकारले गरेको सम्बोधन पुगेको छैन भने अझ उचाईबाट सम्बोधन गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ । म आग्रह गर्न चाहन्छु । सरकारले सुन्दैन थियो भने, यहाँहरुका समस्यालाई सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने त्यतिबेला गुनासको प्रयोजन हुन्थ्यो पनि होला । अहिलेको सरकार सुन्न तयार छ । सुन्न मात्रै होइन, समाधान गर्न तयार छ । निजी क्षेत्रका समस्या सुनेर समाधान गर्नका निम्ति सरकार तयार छ भन्नेकुरा हाम्रा पछिल्ला अभ्यासले पनि प्रमाणित गरेको छ । त्यसैले गुनासो गर्ने होइन, समाधान खोज्नुपर्छ । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिनका उत्प्रेरित गर्नुपर्छ । सरकारले यदी सुनेको पुगेको छैन भने अझै सुन्न तयार छ । सरकारले गरेको सम्बोधन पुगेको छैन भने अझ उचाईबाट सम्बोधन गर्न तयार छ । जहाँसम्म संसदमा विचाराधिन कानूनको कुरा छ, निजी क्षेत्रका साथीहरुले छलफलमा भाग लिन चाहनुभएको छ, उहाँहरुका सुझाव स—शरीर उपस्थित भएर हामीले सुनौँ र त्यसमा उहाँहरुका सुझाव ग्रहण गरेर निर्माणाधीन कानून पूरा गरौँ भन्ने प्रश्ताव म अर्थ समितिको सभपतिज्युलाई पनि राख्नेछु ।

उपप्रधानमन्त्री पौडेलले संसदमा विचाराधिन कानूनको बारेमा समितिमा निजी क्षेत्रसँग एक पटक छलफल गरेर सुझाव ग्रहण गरी कानूनहरु निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।