२५ कार्तिक २०८१, आईतवार
,
Latest
बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन्ः राष्ट्रपति पौडेल सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती सन्दर्भ फाल्गुनन्द जयन्ती : कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध



अ+ अ-

लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताउनुभयो ।

उहाँका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् ।

यो स्थानमा विगत तीन वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो । बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रीलाई समस्या भएको छ । साथै यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्दछन् । बर्खा लागेयता दर्जनौँपटक यो सडकका विभिन्न स्थानमा पहिरो पटकपटक सडक अवरुद्ध बनाउँदा यात्रीलाई सास्ती भएको छ । रासस