८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण
अ+ अ-

मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिक भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा उक्त सुरुङ मार्गको निरीक्षण गर्नुभएको हो । उहाँसँगै नेकपा ९एमाले० धादिङका नेताहरुको टोली काठमाडौँको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोला निस्किएको थियो ।

सुरुङको यात्रा गरेर निस्किनुभएका मन्त्री दाहालले नेपालमा सुरुङ मार्गको युग सुरु भएको बताउनुभयो । सुरुङमार्गको काम समयमै सक्न र चाँडै सञ्चालनमा ल्याउन उहाँले निर्माणमा संलग्न कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने उक्त सुरुङमार्गअन्तर्गत आपतकालीन सुरुङको लम्बाइ दुई दशमलव ५५७ किलोमिटर र मुख्य सुरुङको लम्बाइ दुई दशमलव ६८८ किलोमिटर छ । आयोजनाका अनुसार हाल तीन चौथाइभन्दा बढी काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपतकालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो ।

“सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम सुरु भएको छ । आयोजनाअन्तर्गत अहिले तीन अन्डर पास, चार कल्भर्ट, तीन पुल, एउटा ओभर पास, फ्लाइओभरलगायत संरचना निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो ।

विसं २०८२ को दशैँसम्ममा सवारीसाधन चलाउने गरी सुरुङमार्गको काम भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । विसं २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको शिलान्यास गर्नुभएको हो ।