तम्घास । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने शक्तिहररुले जति नै हल्ला मच्चाएपनि कुनै पनि हालतमा सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ । मन्त्री ज्ञवालीले गृह जिल्ला गुल्मीमा रहेका सत्यवती गाउँपालिकाका विभिन्न कार्यक्रममा बोल्दैे यस्तो बताउनुभएको हो ।
देशमा धेरै समय पछि राजनीतिक स्थायीत्व कायम भएको कुराको विरुद्दमा रहेकाहरुले जति नै हल्ला मच्चाएपनि कुनै पनि हालतमा सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभएको हो ।
उहाँले सरकारले राम्रो काम गरेको र केका लागि सरकार परिवर्तन भन्दै प्रश्न समेत गर्नुभयो । त्यसैगरी बोल्नेक्रममै उहाँले पछिल्लो समय पार्टीमा देखिएको विवाद छलफल र बैठकको माध्यमबाट नै समाधान हुने पनि बताउनुभयो । उहाँले ठुलो परिवारमा कहिले काँही विवादहरु सृजना हुनु सामान्य रहेको र त्यसलाई छलफल र बैठकको माध्यमबाट समाधान गरिने बताउनुभयो ।