२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वलडाकुको घरछेउमा फेला परेको थियो बम



अ+ अ-

काठमाडौँ । बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विस्फोट हुँदा दुईजना नाबालकले ज्यान गुमाए । मृत्यु हुनेमा फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्सा रहेका छन् ।

डाँडागाउँस्थित आइतराज केरुङको घरनजिकैको अम्रिसो बारीमा भेटिएको उक्त बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको बताईएको छ ।

युद्धकालमा ल्याएर राखेको उक्त बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बम विष्फोट भएको घरधनी आइतराज केरुङ माओवादी केन्द्र सशक्त संघर्षमा हुँदा पार्टी कार्यकर्ता थिए । ०६२ सालयता भने उनी सदरमुकाम फिदिममा व्यवसाय गरेर बस्छन् । उनको खाली रहेको घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्छन् ।

माओवादी कार्यकर्ताको घर नजिकै खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै रहेको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले बताए । कति वर्ष पुरानो हो भन्ने चाहिँ नेपाली सेनाले फरेन्सिक जाँच गरेपछि मात्रै थाहा हुने उनले बताए ।

अहिले विस्फोट गराउने उद्देश्यले बम राखेको पुष्टि नभएको डीआईजी खापुङको भनाई छ । द्वन्द्वकालमा कसैले बारीमा लुकाएर बिर्सिएको हुनसक्ने उनले बताए ।

उक्त स्थानमा अर्को एक थान बम पनि फेला परेकोमा सैनिक टिमले निष्क्रिय बनाएको छ । बम ह्याण्डमेड जस्तो देखिएको डीआईजी खापुङले बताए ।‘डिस्पोज गरेको बम ह्याण्डमेड सकेट हो, बिस्फोट भएको पनि ह्याण्डमेड सकेट हो भन्नेछ । कति वर्ष पुरानो हो भन्ने फरेन्सिक जाँच पछि खुल्छ’, उनले भने ।