१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टोलीमा प्रो–लाइसेन्स प्राप्त नयाँ प्रशिक्षक नियुक्त गरिने



file photo
अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त प्रक्रिया अघि बढाउने भएको छ ।

एन्फाको कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो । हाल प्रशिक्षक रहेका भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय भएसँगै एन्फाले नयाँ प्रशिक्षक नियुक्त प्रकिया अघि बढाउने भएको हो ।

नेपालले आगामी मार्चमा मात्र आधिकारिक प्रतियोगिताका खेल खेल्ने कार्यक्रम छ । २०२५ को मार्चमा नेपालले एसियन कप छनोटका खेल खेल्दैछ । जसअनुसार मार्चअघि नेपालले नयाँ प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गरिसक्नु पर्नेछ ।