• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

नेपाल आयल निगमको डिपोमा ज्यालादारी कर्मचारीको हत्या



जनकपुरधाम । धनुषास्थित नेपाल आयल निगमको डिपोमा ज्यालादारी कर्मचारीको हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित डिपोमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

हत्यामा संलग्न प्रकाश यादव पक्राउ परेका छन् । आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा यादवले राकेशको हत्या गरेका प्रहरीको अनुमान छ ।

घटनाको अनुसन्धान भइरहेको छ ।