५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोप्रति आशंका छ: सांसद झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सि चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ९० दिनदेखि राखिएको बताउनु भयो । उहाँले इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल एयरलाइन्सको सबै जहाजहरु ग्राउण्डेड छ भन्ने कुराहरु आइरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय रुटहरुमा सञ्चालित विभिन्न क्षेत्रहरुसँग, नेपाली जनता वा पर्यटकलाई बोक्नका लागि सञ्चालित रुटहरुमा कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । सि चेकको लागि एक महिनाको मात्र समय लिएर पठाइएको जहाज केही दिन दिल्लीमा राखियो र त्यहाँ कसैले देख्लान् कि भनेर लुकाउनका लागि इटाली लगियो । इटालीमा ९० दिनभन्दा धेरै भइसक्यो । जहाँ दैनिक रुपमा ३ हजार भन्दा धेरै पार्किङ चार्ज मात्र तिरिरहेका छौँ । दैनिकीहरुको खबर पढ्दै गर्दा दैनिक रुपमा हामीले ५ करोड भन्दा धेरै नोक्शाानी व्यहोरिरहेका छौँ । चाडपर्व आउन लागेको बेलामा कतै अन्तर्राष्ट्रिय अरु कम्पनीहरुले सञ्चालितहरुलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्‍याइएको हो कि भन्ने आशंका छ ।’

उहाँले हवाइ क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाइ क्षेत्रको अवस्था यस्तो बनेको बताउनु भयो ।