• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

अमेरिकामा नेपाली छात्रालाई गोली प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ



काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थीलाई गोली प्रहार गरी हत्या गर्ने एकजना पक्राउ परेका छन् ।

हस्टन प्रहरीले नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको समाचार पोर्टल नेपयोर्कले जनाएको छ ।

बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले शनिबार राति ९:४८ बजे मुनाको घरबाट बाहिरिँदै गरेका ती व्यक्तिको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो । पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन ।