१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यवहारको आरोपपछि मलयालम चलचित्र–कलाकार संघ विघटन



अ+ अ-

एजेन्सी । यौन उत्पीडनको आरोपपछि मलयालम चलचित्र कलाकार संघ(एएमएमए)लाई विघटन गरिएको छ । जसका कारण एमएमएका अध्यक्ष तथा साउथ सुपरस्टार मोहनलालसहित १७ सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

एएमएका तीन सदस्यविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको छ । तीमध्ये दुईजना सदस्यविरुद्ध मुद्दा दर्ता भएको छ । हेमा समितिको प्रतिवेदन आएपछि संघ भंग गर्ने निर्णय भएको हो ।

विगत केही वर्षदेखि मलयालम फिल्म उद्योगमा महिला कलाकारहरूमाथि यौन शोषणको आरोप लागेको थियो । यसबारे छानबिन गर्न सन् २०१९ मा निवृत्त न्यायाधीश हेमाको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको थियो ।

४ वर्षपछि १९ अगस्टमा हेमा समितिले २३३ पृष्ठको प्रतिवेदन केरला सरकारलाई बुझायो, जसमा धेरै ठूला कलाकारहरूद्वारा शोषण भएको कुरा प्रकाशमा आएको थियो ।