• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   Dilli Malla पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्- राष्ट्रिय सभा अध्यक्ष दाहाल ★   सहकारी प्रकरण बारे शंकरको टिप्पणी- जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ? ★   ‘मिस्टर काठमाडौं’ प्रकाश राईको हृदयघातका कारण मृत्यु ★   भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी ★   पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प ★   कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र ★   बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा ★   विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा ★   आइसिसी विश्वकप लिग–२: नेपाल र ओमान भिड्दै ★   निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ: अध्यक्ष…

गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध



फाईल फोटो

तम्घास । जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायत काममा बाधा पुगेको उहाँले बताउनुभयो । वितरण केन्द्रले मर्मत गरिरहेको छ ।

अहिलेसम्म उनायचौरको विद्युत् स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो । उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै छ ठाउँमा बिग्रिएका मर्मत भइरहेको उहाँले बताउनुभयो ।

कार्यालयका प्राविधिक वस्तु सबस्टेसनसम्म विद्युत् पुर्‍याउन मर्मतको काममा खटिएकाले आज दिनभरमा विद्युत् सञ्चालन गर्ने सम्भावना रहेको पोखरेलले जानकारी दिनुभयो । गुल्मीको पश्चिमी भेगका लागि वीरवासबाट उनायचौर हुँदै वस्तु सबस्टेसनसम्म विद्युत् पुर्‍याइएको छ । वस्तु सबस्टेसनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिकाका साथै मुसिकोट नगरपालिका–१ र २ मा विद्युत् आपूर्ति हुँदै आएको थियो । रासस