२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

सरकार भ्रष्ट र विदेशीको इसारमा चल्ने भयो– डा महत

सरकार भ्रष्ट र विदेशीको इसारमा चल्ने भयो– डा महत
अ अ+ अ-

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले यो सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाएका छन् । उनले भने– प्रधानमन्त्री स्वयंले भ्रष्टाचारीको पक्षबाट वकालत गरिरहेको भनी हालै सार्वजनिक एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनमा नै उल्लेख भएकोले सरकार भ्रष्टाचारमा लिप्त भएको कुरा प्रस्ट भएको बताए ।

उनले भने– वर्तमान सरकार अनियमिततामा संलग्न भएको र जनताका आवश्यकतामा संवेदनशिल हुन नसकेको कुरा त सत्तारुढ नेकपाकै अध्यक्ष प्रचण्डको पत्रबाट पनि स्पष्ट भएको छ ।
पर्सामा आयोजित पत्रकार भेटघाटमा उनले भने– यो सरकार भ्रष्टहरुको झुण्ड हो भन्ने कुरा नेपाली काँग्रेसले पहिलेदेखि नै भन्दै आएको हो, आज प्रचण्डको पत्रले त्यसमा थप पुष्टि गरेको छ र ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनदे पनि थप प्रष्टाएको छ ।

डा.महतले भने – तपाईहरुलाई थाहै छ नेकपाकै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा सोही दलका अर्का अध्यक्षलाई लेखेको पत्रमा नै यो सरकारका भ्रष्ट क्रियाकलापले जनतामा सरकार र पार्टी दुवैको छवि विग्रिएको स्पष्ट रुपमा भन्नुभएको छ ।

महतले वर्तमान सरकारले नेपालमा अनावश्यक विदेशी हस्तक्षेप भित्र्याएको आरोप पनि लगाए । उनले भने– यो सरकारलाई आफैप्रति तथा जनताप्रति पनि कुनै विश्वास छैन बरु विदेशीहरु आएर तिमीहरु मिल भन्दा मिल्छ । 

उनको संकेत हालैमात्र नेकपामा भएको विवादमा चिनियाँ राजदूतले प्रधानमन्त्री लगायतलाई गरेको भेटप्रति लक्षित थियो । यो सरकारले शक्तिको स्रोत जनतालाई यो सरकारले नमानेको आरोप लगाउँदै जुन सरकारले हाम्रो शक्तिको स्रोत विदेश हो भन्ने ठान्दछ, त्यो पार्टी देश र जनताको पक्षमा छैन, नेपाली जनताले आफ्नो सरकारका रुपमा लिन पनि सकेका छैनन् ।
यो सरकार राष्ट्रवादको नारा दिएर सत्तामा आए पनि सरकारको व्यवहार उल्टो रहेको र सरकारको यो नारा खोक्रो राष्ट्रवादको हो भने ।

कम्युनिस्ट सरकारले भ्रष्टाचार, अराजकता, कुशासन गरेको भन्दै सह–महामन्त्री डा.महतले सरकारविरुद्ध अब सडक र सदनमा कांग्रेस जाने चेतावनी दिए । उनले स्वास्थ्यसम्बन्धि मापदण्ड अपनाएर सरकारविरुद्ध आन्दोलन हुने बताए ।

उनले काँग्रेसले अब सदनको विशेष अधिवेशन माग गर्ने समेत बताएका छन् । सरकारले जनतालाई सधैँ झुक्काएको आरोप उनले लगाए । ‘मुखले बोलेर राष्ट्रवादी हुदैन । कामले गर्नुपर्छ’, उनले भनेका छन्, ‘निर्वाचनमा राष्ट्रियताका कुरा गरेर जनतालाई झुक्काएर जितेका छन् ।’

उनले सरकारले लकडाउनका बेला कोरोनाको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको बताए । भ्रष्टाचारको कुरालाई सदन र सडक दुबै ठाउँमा उठाउने बताए ।
तर कांग्रेसले भने जहिले पनि जनताको काम मात्रै गरेको उनले बताए । उनले भने, ‘कांग्रेसले प्रचार गर्न जान्दैन । प्रोपोगण्डा गर्न जान्दैन । संविधान कांग्रेसले बनाएका हौँ । कांग्रेसले सबैको अधिकारका लागि लडेको छ । आफूले गरेको कामलाई जनता समक्ष भन्दैन ।’

डा.महतले पार्टीको महाधिवेशन फागुनमै गर्न नेतृत्व लागिपरेको बताए । उनले क्रियाशील सदस्यताको नामावली आउनेवित्तिकै निर्णयहरू हुने बताएका छन् ।
‘फागुनमा १४औँ महाधिवेशन छ । कोरोनाले गर्दा केही कार्यक्रम प्रभावित भएको छ’, उनले भने, ‘सानोतिनो फेरबदल हुन्छ होला । विधानअनुसार अधिवेशन हुन्छ । क्रियाशील सदस्यता आउनेवित्तिकै काम अगाडि बढ्छ ।’