१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ नेता पौडेलको गिराफ्तारीमा सांसद थापाको सरकारविरुद्द आक्रोस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा कांग्रेस सांसद गगन थापाले सरकारविरुद्द आक्रोस व्यक्त गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको गिराफ्तारीबारे कांग्रेस सांसद गगन थापाले आक्रोस् व्यक्त गरेका हुन् । सांसद थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक पोष्ट गर्दै आक्रोसित भावना पोखेका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र  प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुन नसकेको र सो कार्य नियोजित भएको बताएका छन् । त्यस्तै वरिष्ठ नेता पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको पनि प्रष्ट्याएका छन् जसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको पनि भनेका छन् ।

लेख्ने क्रममै उनले अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'यो तपाईका लागि निकै महङ्गो पर्ने' भन्दै आक्रोस व्यक्त गरेका छन् । बुधबार तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि तनहुँ प्रहरीले वरिष्ठ नेता पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिएका थिए । 

कांग्रेस सांसद गगन थापाको ट्वीट: