२ माघ २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटेल उद्घाटन अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित एलिट कपः लन्चअघि आर्मी ४६ रनले पछाडि, भीमको अर्धशतक पीपीएमा भएका असमानता हटाई विद्युत खरिददर वृद्धि गर्न उर्जा व्यवसायीको माग मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ एनएफपिजे नेपालबाट फोटोग्राफर चुङ्बाप्रति अन्तिम  श्रद्धाञ्जली अर्थतन्त्रलाई सबल बनाउन अध्यादेश: प्रधानमन्त्री काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ ६.८ म्याग्निच्युडको सिजाङ भूकम्पपछि ३ हजार ६ सय बढी पराकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुँला पर्वको अवसरमा स्वयम्भुमा सप्तविधानुत्तर पूजा-फोटो फिचर



अ+ अ-

काठमाडौँ, ८ भदौः गुँला पर्वका अवसरमा स्वयम्भूनाथमा आज ‘सप्तविधानुत्तर’ पूजा गरिएको छ । वरिष्ठ तथा ज्येष्ठ नागरिक समाज काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूले आयोजना गरेको पूजामा मुलाचार्य, उपाध्याय तथा अन्य गुरुज्यूहरूले सामूहिक रूपमा उक्त पूजा गर्नुभएको छ ।

समाजका अध्यक्ष शारदामुनि बज्राचार्यका अनुसार बौद्ध धर्मका अनुयायीहरूले विभिन्न प्रकारबाट पूजा गर्ने गर्दछन् । तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा एक हो । उहाँका अनुसार सप्त भनेको सात र विधान भनेको विधिविधान हो । पूजाविधिअन्तर्गत बौद्ध बज्रयानी अभ्यासमा चारतन्त्रबमोजिम क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तर योगतन्त्र हुने गर्दछ ।

सप्तविधानुत्तर पूजालाई उच्चतम श्रद्धा र आस्थायुक्त पूजा क्रियाको रुपमा लिने गरिन्छ । बज्राचार्यका अनुसार आफ्नो र अरुको हित गर्ने, विभिन्न ग्रहदशा निवारण भई सुख, शान्ति र आनन्दका लागि यो पूजा गरिन्छ ।

सुखमा, दुःखमा, जन्मदिनमा आपत्विपत् परेको समय, गृहकलहलगायत बेला यो पूजा गर्ने गरिन्छ । एक देखि एक सय आठ गुरुहरूबाट यो पूजा हुने जानकारी दिँदै बज्राचार्यले यो महिना भगवान् बुद्ध ध्यानमा बसेको महिना हो, त्यसैले यस समयमा मानिसले आफ्ना खराब खानपान तथा व्यवहार त्याग्ने पनि गर्छन् ।