३ आश्विन २०८१, बिहीबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिखर धवनले लिए क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भनेका हुन् ।

३७ वर्षीय खेलाडीले सन् २०१० मा भारतका लागि डेब्यु गरेका थिए । आफ्नो १३ वर्षको करियरमा उनले ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० खेलमा भारतको प्रतिनिधित्व गरेका छन् ।

‘टीम इन्डियामा खेलेपछि मैले तपाईंका माया पाएको छु । तर कथामा अगाडि बढ्नका लागि पाना पल्टाउनुपर्ने भनाइ छ । म पनि त्यही गर्न जाँदैछु । मेरो क्रिकेट यात्राको यो अध्याय बन्द गर्दा, म अनगिन्ती सम्झना र कृतज्ञता लिएर जान्छु । माया र समर्थन को लागी धन्यवाद जय हिन्द ।’ उनले भनेका छन् ।

धवनले आफ्नो पहिलो टेस्ट अष्ट्रेलियाविरुद्ध मोहालीमा खेलेका थिए । सन् २०१३ देखि अहिलेसम्म ३४ वटा टेस्टमा सहभागी भइसकेका छन् । धवनले अन्तिम पटक सन् २०१८ मा टेस्ट खेल्ने मौका पाएका थिए । उनले क्रिकेटको सबैभन्दा लामो फर्म्याटमा ४०.६१ को औसतमा २३१५ रन बनाएका छन् । यस अवधिमा उनले सात शतक र पाँच अर्धशतक प्रहार गरे । धवनको सर्वाधिक रन १९० रहेको छ ।

शिखरले भारतका लागि आफ्नो पहिलो ओडीआई सन् २०१० मा अस्ट्रेलियाविरुद्ध विशाखापट्टनममा खेलेका थिए । उनले १६७ खेलमा ६७९३ रन बनाएका छन् । धवनले ४४.११ को औसत र ९१.३५ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनको नाममा १७ शतक र ३९ अर्धशतक छ । आफ्नो टी–२० करियरको कुरा गर्दा धवनले ६८ खेलमा १७५९ रन बनाएका छन् । उनले आफ्नो ब्याटबाट ११ अर्धशतक बनाएका छन् ।

धवनले आईपीएलमा पनि धेरै रन बनाएका छन् । उनी यस प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल ब्याट्सम्यानमध्ये एक हुन् । उनी विराट कोहलीपछि सबैभन्दा धेरै रन बनाउनेमा दोस्रो स्थानमा छन् । धवनले आईपीएलका २२२ खेलमा ६७६९ रन बनाएका छन् । यस अवधिमा उनले २ शतक र ५१ अर्धशतक बनाएका छन् । धवनको औसत ३५.२६ र स्ट्राइक रेट १२७.१४ छ ।

धवनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल १० डिसेम्बर २०२२ मा बंगलादेशविरुद्ध खेलेका थिए । एकदिवसीय ढाँचाको यो खेल चटगाउँमा खेलिएको थियो । यो खेलमा धवनले तीन रन मात्रै बनाउन सके । त्यस्तै धवनले आफ्नो अन्तिम टी–२० खेल २९ जुलाई २०२१ मा कोलम्बोमा श्रीलंका विरुद्ध खेलेका थिए । उनले यो खेलमा खाता पनि खोल्न सकेनन् । धवनले आफ्नो अन्तिम टेस्ट सेप्टेम्बर २०१८ मा ओभलमा इङ्ल्यान्डविरुद्ध खेलेका थिए । यस खेलका दुवै इनिङ्समा तीन र एक रन बनेका थिए ।