२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिखर धवनले लिए क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भनेका हुन् ।

३७ वर्षीय खेलाडीले सन् २०१० मा भारतका लागि डेब्यु गरेका थिए । आफ्नो १३ वर्षको करियरमा उनले ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० खेलमा भारतको प्रतिनिधित्व गरेका छन् ।

‘टीम इन्डियामा खेलेपछि मैले तपाईंका माया पाएको छु । तर कथामा अगाडि बढ्नका लागि पाना पल्टाउनुपर्ने भनाइ छ । म पनि त्यही गर्न जाँदैछु । मेरो क्रिकेट यात्राको यो अध्याय बन्द गर्दा, म अनगिन्ती सम्झना र कृतज्ञता लिएर जान्छु । माया र समर्थन को लागी धन्यवाद जय हिन्द ।’ उनले भनेका छन् ।

धवनले आफ्नो पहिलो टेस्ट अष्ट्रेलियाविरुद्ध मोहालीमा खेलेका थिए । सन् २०१३ देखि अहिलेसम्म ३४ वटा टेस्टमा सहभागी भइसकेका छन् । धवनले अन्तिम पटक सन् २०१८ मा टेस्ट खेल्ने मौका पाएका थिए । उनले क्रिकेटको सबैभन्दा लामो फर्म्याटमा ४०.६१ को औसतमा २३१५ रन बनाएका छन् । यस अवधिमा उनले सात शतक र पाँच अर्धशतक प्रहार गरे । धवनको सर्वाधिक रन १९० रहेको छ ।

शिखरले भारतका लागि आफ्नो पहिलो ओडीआई सन् २०१० मा अस्ट्रेलियाविरुद्ध विशाखापट्टनममा खेलेका थिए । उनले १६७ खेलमा ६७९३ रन बनाएका छन् । धवनले ४४.११ को औसत र ९१.३५ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनको नाममा १७ शतक र ३९ अर्धशतक छ । आफ्नो टी–२० करियरको कुरा गर्दा धवनले ६८ खेलमा १७५९ रन बनाएका छन् । उनले आफ्नो ब्याटबाट ११ अर्धशतक बनाएका छन् ।

धवनले आईपीएलमा पनि धेरै रन बनाएका छन् । उनी यस प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल ब्याट्सम्यानमध्ये एक हुन् । उनी विराट कोहलीपछि सबैभन्दा धेरै रन बनाउनेमा दोस्रो स्थानमा छन् । धवनले आईपीएलका २२२ खेलमा ६७६९ रन बनाएका छन् । यस अवधिमा उनले २ शतक र ५१ अर्धशतक बनाएका छन् । धवनको औसत ३५.२६ र स्ट्राइक रेट १२७.१४ छ ।

धवनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल १० डिसेम्बर २०२२ मा बंगलादेशविरुद्ध खेलेका थिए । एकदिवसीय ढाँचाको यो खेल चटगाउँमा खेलिएको थियो । यो खेलमा धवनले तीन रन मात्रै बनाउन सके । त्यस्तै धवनले आफ्नो अन्तिम टी–२० खेल २९ जुलाई २०२१ मा कोलम्बोमा श्रीलंका विरुद्ध खेलेका थिए । उनले यो खेलमा खाता पनि खोल्न सकेनन् । धवनले आफ्नो अन्तिम टेस्ट सेप्टेम्बर २०१८ मा ओभलमा इङ्ल्यान्डविरुद्ध खेलेका थिए । यस खेलका दुवै इनिङ्समा तीन र एक रन बनेका थिए ।




भर्खरै