३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुष्मान खुराना बाहिरिएपछि ‘बोर्डर–२’ मा वरुण धवनको प्रवेश



अ+ अ-

एजेन्सी । वरुण धवनले सन् १९९७ मा आएको सुपरहिट फिल्म ‘बोर्डर’ को सिक्वेल ‘बोर्डर २’ मा आफ्नो प्रवेशको घोषणा गरेका छन् ।

आयुष्मान खुराना फिल्मबाट बाहिरिएपछि अब वरुण यो ठूलो फिल्मको हिस्सा बनेका छन् ।

यो खबर अभिनेता स्वयमले इन्स्टाग्राममा पुष्टी गरेका छन् । उनले फिल्मको टिजर सेयर गर्दै क्याप्सनमा लेखे– ‘जब म चौथो कक्षामा थिएँ, मैले चन्दन सिनेमामा बोर्डर देखेँ । यो फिल्मले मलाई गहिरो प्रभाव पारेको थियो । आज पनि हामी सबै थिएटरमा भएको गौरवको अनुभूति सम्झन्छु । त्यस दिनदेखि मैले हाम्रा सैनिकहरूलाई सम्मान गर्न थालें र हाम्रो सेनाले हामीलाई सधैं बचाएको छ । सीमा सुरक्षा होस् वा प्राकृतिक प्रकोप, सेना सधैं तत्पर छ ।’

वरुणले थप लेखेका छन्, ‘जेपी दत्त सरको बोर्डर अझै पनि मेरो मनपर्ने फिल्ममध्ये एक हो । जेपी सर र भूषण कुमारले निर्माण गरिरहेको बोर्डर २ को एक हिस्सा हुनु मेरो करियरको विशेष क्षण हो । सन्नी पाजीसँग काम गर्नु मेरो लागि अझ विशेष हो । बहादुर सिपाहीको कथालाई ठूलो पर्दामा ल्याउनको लागि म तपाईंको आशीर्वादको अपेक्षा गर्दछु । यो भारतको सबैभन्दा ठूलो युद्ध फिल्म हुनेछ । जय हिन्द ।’

सनी देओलले यसै वर्ष जुनमा ‘बोर्डर २’ घोषणा गरेका थिए । उनले भनेका थिए, ‘एक सिपाही आफ्नो २७ वर्ष पुरानो वाचा पूरा गर्न फेरि आउँदैछन् । भारतको सबैभन्दा ठूलो युद्ध फिल्म, बोर्डर २ ।

‘बोर्डर २’ लाई भूषण कुमार, कृष्ण कुमार, जेपी दत्त र निधि दत्तले निर्माण गरेका हुन् । यसलाई अनुराग सिंहले निर्देशन गर्नेछन्, जसले यसअघि अक्षय कुमारको फिल्म ‘केसरी’ निर्देशन गरेका थिए ।