४ आश्विन २०८१, शुक्रबार
,
Latest
मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसी बेचेर च्याउ खेती



अ+ अ-

गलकोट । यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उहाँले चारवटा प्लास्टिक टनेल लगाउनुभएको छ ।

दुईवटा भैँसी पाल्दै आउनुभएका क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गर्नुभयो । उहाँ अहिले तरकारी खेतीबाट आत्मनिर्भर बन्नुभएको छ । उहाँका तीन टनेलमा घिरौला, लौका, टमाटर, धनिया र तिते करेला छन् ।

तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जिविका चलाएर केही रकम बचत गर्दै आउनुभएको छ । उहाँले च्याउ खेती पनि गर्नुभएको छ । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था गर्नुभएको छ । अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले सुनाउनुभयो । स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आउनुभएका क्षत्रीले च्याउ खेतीमा जोड दिनुभएको हो ।

उहाँले च्याउखेती थप विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । “परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ”, क्षत्रीले भन्नुभयो, “छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउखेती तालिमले मलाई बल्ल राहत दियो ।” दुई सय किलो च्याउ बिक्री गरिसकेको र अझै दुई सय ५० केजीदेखि तीन सय केजी च्याउ उत्पादन हुने आशामा रहेको उहाँले बताउनुभयो । च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिका–२ बौरस्थित माइतीगाउँका महिला तरकारी खेतीबाट आयआर्जन गर्न सफल भएको देखेर व्यावसायिक तरकारी खेती थालेको क्षत्रीको भनाइ छ । जग्गा आफ्नै र बिक्रीसमेत आफले बजार पुगेर गर्दा बचत धेरै हुने गरेको छ । बिचौलियासमेत आवश्यक नपर्ने उहाँको अनुभव छ । रासस