१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

म्याग्दीबाट निकासी हुने प्रमुख तरकारी आलु

म्याग्दीबाट निकासी हुने प्रमुख तरकारी आलु
अ अ+ अ-

बेनी । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलुखेतीको विस्तार र व्यावसायिकता बढेसँगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारीखेतीका रुपमा आलुले स्थान लिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन भएको छ । जिल्लामा कूल एक हजार सात सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ । हिउँदे आलु अधिकांश जिल्लामै खपत हुने भए पनि बर्खे आलु भने अधिकांश जिल्ला बाहिर निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।

म्याग्दीको जनसङ्ख्याअनुसार, सरदर वार्षिक तीन हजार तीन सय मेट्रिकटन आलु जिल्लामा खपत हुने र अरु सबै आलु जिल्ला बाहिर निर्यात हुने उहाँको भनाइ छ । जिल्लाबाट निर्यात हुने कृषिउपजमा आलु प्रमुख स्थानमा आएको छ । जिल्लाबाट धेरै परिमाणमा निर्यात हुने कृषिउपजमा आलु र सुन्तलाले ठूलो हिस्सा ओगटेको छ । जिल्लाको लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले बर्खे आलुमा जिल्ला बाहिरबाट अत्यधिकमात्रामा माग आउने गरेको कृषक बताउँछन् ।

जिल्लाको छवटै स्थानीय तहमा आलुखेती हुने गर्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा उत्पादन भएको आलु धेरैजसो पोखराका बजारमा पुग्ने गर्छ ।

सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको र पछिल्लो समय पोखराका बजारसम्म आलु पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका– ८ का कृषक खमबहादुर पुनले बताउनुभयो ।

“कुनै समय आलु बिक्री नभएर कुहिएर जान्थ्यो, आज गाडीबाट गाउँमै आलु खोज्न आउनेहरु पनि छन, बेनी, कुस्मा र पोखरा कृषक आफैँले ढुवानी गरेर बिक्री गर्न पनि लैजाने गर्छौं, उत्पादन भएको आलुको बिक्री नहुने चिन्ता छैन”, उहाँले भन्नुभयो । आलुखेतीबाट जिल्लाका किसानले नगद आम्दानीसमेत गर्दै आएका छन् । आलु अहिले नगदे खेतीका रुपमा विस्तार हुन थालेको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा लगाइएको आलुबाट एक वर्षमा कूल ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन गरिएको हो । गण्डकी प्रदेश सरकारले म्याग्दीमा आलुखेतीलाई प्राथमिकतामा राखेर आलुखेतीसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत वर्ष सञ्चालन भएको खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत एक हजार छ सय ८३ दशमलव ९३ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत करिब एक सय हेक्टर क्षेत्रफलको जमिनमा आलुखेती विस्तार गरिएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । जिल्लाको पहाडी भेगमा हिउँदे र माथिल्लो उच्च पहाडी क्षेत्रमा बर्खे आलुखेती हुँदै आएको छ । स्थानीयले परम्परागत रुपमा निर्वाहमुखी रुपमा गर्दै आएको आलुखेतीमा स्थानीय र प्रदेश सरकारमार्फत बीउ, मेसिन उपकरण तथा रोगकिरा व्यवस्थापनमा अनुदान र उपचार सेवा पाउन थालेपछि कृषकले आलुखेतीलाई व्यावसायिक बनाउन थालेका छन् ।

अहिले बर्खे आलु बिक्री भइरहेको छ भने आलुको प्रतिकिलो बजार मूल्य ६० देखि ९० रुपैयाँसम्म रहेको छ । जिल्लामा आलुखेतीमा रहेको सम्भावनालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले यस वर्ष खायन आलुखेतीका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरेको छ । कृषि ज्ञानकेन्द्र कार्यालयले सञ्चालन गर्ने कार्यक्रममध्ये यो सबैभन्दा ठूलो बजेट हो ।

यस कार्यक्रमलाई समूह, सहकारीमार्फत जिल्लालाई आलुमा आत्मनिर्भर बनाउनेगरी परिचालन र कार्यान्वयन गर्ने कार्यालयले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नम्बर ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।