२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले उद्योगका लागि सस्तोमा विद्युत उपलब्ध गराउनुपर्छ: चन्द्रप्रसाद ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपाल उद्योग व्यवसायी महासंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । अध्यक्ष ढकालले स्टार्ट अप परियोजनालाई कर्जा प्रवाह परियोजनाको रुपमा अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओली भनाईले पनि मुलुकका आर्थिक गतिविधिलाई अघि बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउनु पर्छ । ह्वील चार्ज तितेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्दछ । बजेटका त्यसको केही कुरा आएपनि त्यो इम्पिलिमेन्ट हुन सकेको छैन । कच्चा पदार्थ र अन्तिम वस्तुको उत्पादन वैज्ञानिक बनाई यसमा सहुलियत दिनुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु । साना तथा मझौला उद्योग सुरु देखि नै संवेदनशील हुन्छ सरकार र अन्य सक्षम निकायको सहयोग चाहिन्छ । अस्तीको कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले भने अनुसार नै त्यो स्टार्ट अपलाई परियोजना कर्जाको रुपमा अघि बढाउनु पर्छ भन्नुभएको थियो । त्यसलाई प्रोजेक्ट फाईनान्सको रुपमा अगाडि बढाउनु पर्छ ’

अध्यक्ष ढकालले कब्जा पदार्थ आयातमा अझै सहुलियतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।