२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आबुखैरेनी बस दुर्घटना अपडेट: १४ जना अचेत, ६ जना बेपत्ता



अ+ अ-

काठमाडौँ । तनहुँमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् ।

बसमा सवार १४ जना अचेत अवस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जानकारी दिए । यस्तै, १५ जना सामान्य घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए ।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ ।