२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदारनाथ नजिकै पहिरोमा पुरिएर चारजना नेपाली मजदुरको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतको उत्तरखन्डस्थित केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ ।

बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिकै गएको पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहरा रहेका जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले जानकारी दिए । उनले भने, ‘बिहीबार राति करिब १:२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको थियो ।’ सूचना पाएलगत्तै राहत र उद्धार कार्यका लागि उद्धार टोली घटनास्थलमा पठाइएको उनले बताए ।

मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेशिन पुर्याउन नसकिएको अवस्थामा एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई निकालेको उनले बताए ।