१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्वपूर्ण’

‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्वपूर्ण’
अ अ+ अ-

काठमाडौँ । वातावरण प्रदूषण हटाएर स्वच्छ हावा कायम राख्न युवाको भूमिका महत्वपूर्ण रहेको सरोकार भएकाहरुले बताउनुभएको छ । आज स्वच्छ हावा नेटवर्क नेपालले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले वातावरणलाई स्वच्छ राखी प्रदूषण हटाउन वुवाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

नेटवर्कका संयोजकसमेत रहनुभएका वातावणविद् डा भूपेन्द्र दासले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तहलाई सक्षम बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले स्वच्छ हावा कायम नराखे सर्वसाधरणको स्वास्थ्यमा नकरात्मक असर पर्दै जाने भएकाले वातावरण स्वच्छ कनाउन युवाले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

“वायु प्रदूषणको असर र न्यूनीकरणका लागि तीनै तहका सरकार, सम्बन्धित विषयमा सरोकार भएका निकायबीच समन्वय र सहकार्य जरुरी छ । यसका बारेमा जनस्तरमा व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्नु पनि आवश्यक छ”, वातावणविद् डा दासले भन्नुभयो, “स्थानीयस्तरमा वायु प्रदूषण सम्बन्धी जनचेतना अभिवृद्धि गरी प्रदूषण न्यूनीकरणका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तहको क्षमता अभिवृद्धि गराई वातावणीय स्वच्छताका कार्यक्रमलाई प्राथमिकतामा राख्न आवश्यक छ ।”

उहाँले तीनै तहका सरकारलाई वायुप्रदूषण न्यूनीकरणसम्बन्धी नीति प्रभावकारी कार्यन्वयनका लागि दबाब दिन युवाको भूमिका महत्वपूर्ण रहने भन्दै यसमा युवाले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।

वातावरण अभियन्ता भोला भट्टराईले पछिल्लो समय बढ्लो सहरीकरण तथा औद्योगीकरणका कारण वायु प्रदूषण पनि बढ्दै गएको भन्दै यसको नियन्त्रण गर्न नसके मानवीय स्वास्थ्यमा गम्भीर असर पुग्ने बताउनुभयो । “वायु प्रदूषणमा काठमाडौँ प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । प्रदूषण बढेको समयमा रोकथाम तथा नियन्त्रणसम्बन्धी विषयले स्थान पाउँछ”, उहाँले भन्नुभयो, “हामीले सधैँ वातावरणीयलाई स्वच्छता कायम राख्न पहल गर्नुपर्छ । युवा वर्ग जागरुप भएर वायु प्रदूषण नियन्त्रण तथा यसकोे असर न्यूनीकरणका विषयमा अभियान सञ्चालन गरी अगाडि बढाउन जरुरी छ ।”

युवा अभियन्ता सोनम श्रेष्ठले नेटवर्कले देशभरका युवालाई जोडेर स्वच्छ हावा कायम राख्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । वातावरण न्यायका लागि आवाज उठाएर वायु प्रदूषण न्यूनीकरण गर्न आवश्यक रहेको अभियन्ताहरुको भनाइ छ । संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेको स्वच्छ वातावरणको हक प्रभावकारी रुपमा कार्यान्वयन हुन आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिनुभएको छ । रासस