२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद एफएमद्वारा सेन्ट्रल कलेज खुल्ला तीज गीत प्रतियोगिता आयोजना



अ+ अ-

तनहुँ । मौलिक कला संस्कृतिमार्फत प्रतिभा ज्ञान र समाजको वास्तविकता उजागर गर्ने उद्देश्यसहित भिमाद एफएम १००.९ मेगाहर्जले हरितालिका तीजको अवसरमा सेन्ट्रल कलेज खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

भाद्र २१ गते हरितालिका तीजको दिन भिमाद रङ्गशालामा खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पछिल्लो समय नेपाली नारीहरुको महान चाड हरितालिका तीजमा पश्चिमेली संस्कृति भित्रिएको साथै भड्किलो शैलीको विकास भएकाले संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको भिमाद एफ.एमका अध्यक्ष मिलन आले बताउँछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३० हजार १००.९ , २० हजार १००.९ , १० हजार १००.९ र ५ हजार १००.९ साथमा प्रमाणपत्र प्राप्त गर्ने एफ.एमकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक सुजन रानाले जानकारी दिइन् ।

एफएम स्टेशन म्यानेजर अमृत परियारका अनुसार प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालि रहेको छ ।

साथै, कार्यक्रममा लोक दोहोरी गायिका मञ्जु विकको विशेष प्रस्तुती रहनेछ भने राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारी, मोडर्न पेन्टाथोलनकी राष्ट्रिय खेलाडी विनिता नेपालीलाई सम्मान पनि गरिनेछ । खुल्ला तीज गीत प्रतियोगिता भएकाले देशको जुनसुकै ठाउँबाट सहभागी हुन पाइनेछ ।