७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कोभिड–१९ महामारी फगत एक स्वास्थ्य संकट मात्र होईन –प्रधानमन्त्री ओली

कोभिड–१९ महामारी फगत एक स्वास्थ्य संकट मात्र होईन –प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौँ   ।   प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोभिड–१९ महामारी फगत एक स्वास्थ्य संकट मात्र नभएको बताउनु भएको छ । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि  सहकार्य र ऐक्यबद्धताको मार्ग छनौट गर्नु पर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले  महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गरिनु  नहुने भन्दै विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत सहयोगको खाँचो रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले  खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको  जनाउनु भयो । उँहाले भन्नुभयो धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं । खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन ।

‘कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशन’मा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधन

विशेष अधिवेशनका अध्यक्ष महोदय,
संयुक्त राष्ट्र संघका महासचिवज्यू,
महामहिमज्यूहरु तथा विशिष्ट महानुभावहरु !

कोभिड–१९ महामारी सम्बन्धी विशेष महाअधिवेशन आयोजना गर्नु भएकोमा अध्यक्षज्यूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । अभूतपूर्व गति र व्यापकताका साथ फैलिरहेको महामारीले जो कसैलाई जुनसुकै स्थानमा रहे पनि प्रभावित तुल्याएको छ ।

१३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको र प्राय सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको छ ।

विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन । यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिंदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यता विरुद्ध जागरुक हुन बजेको घण्टी हो । हो, हामी सबै एउटै प्रकोपको भूमरीमा छौं । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन । हामी सबैजना खतरामा छौं । महामारीले हामीलार्इ एउटा अमूल्य शिक्षा प्रदान गरेको छ ।यो संसार एउटा सानो जहाज हो र हामी सबैजना यसका यात्री । हामीलाई मन परोस वा नपरोस, हामी एउटै भाग्यका हिस्सेदार हौं ।

अध्यक्ष महोदय,
अन्य मुलुकहरु जस्तै नेपाल पनि यो स्तरको संकटको लागि तयार थिएन ।तथापि, भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनैतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरुको परिचालन गरेका छौं ।

हामी मुख्यत तीनवटा उद्देश्यहरुबाट मार्गनिर्देशित भएका छौं: स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण; जनताको जीवनको रक्षा; एवम् दिगो तथा उत्थानशील पुर्नस्थापना ।

आवश्यक परेकालाई निशुल्क परीक्षण एवम् उपचार सेवाहरु प्रदान गरिएको छ । संघीय, प्रान्तीय तथा स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत एवम् चिकित्सकीय उपकरणहरु सुनिश्चित गरिएको छ ।

शुन्यप्रायः अवस्थाबाट शुरु गरेर हामीले मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं । ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ । सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं ।

हामीले कोभिड–१९ सम्बन्धी कूल ४८ वटा संहिता तथा निर्देशिकाहरु तयार गरेका छौं । स्वास्थ्य मापदण्ड, सुरक्षा र निर्मलीकरण सम्बन्धमा सामाजिक संघसंस्था, व्यक्तिविशेष, आमसंचार जगत तथा सामाजिक सञ्जाल मार्फत भएका जनचेतना अभिबृद्धिका कार्यक्रम एवम् स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक सूचना संप्रेषण विशेषतः उपयोगी रहेका छन् ।

अध्यक्ष महोदय,
संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्र संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्दछ ।चुनौतीहरुको सामना गर्दै गर्दा हामीलाई विद्यमान संकट निवारण गर्नका लागि एउटा दरिलो विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको छ ।

सर्वप्रथम र प्रमूखरुपमा, हामीले बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्दछ । हामीलाई गरीबी, भोकमरी तथा बढ्दो असमानता लगायत जलवायु संकट तथा विश्वव्यापी महामारीजस्ता हाम्रा समयका गम्भीर चुनौतिहरु सामना गर्नसक्ने पुर्नसवलीकृत बहुपक्षीयताको आवश्यकता छ ।

यसका लागि हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनौट गर्नुपर्दछ, एकल कार्य होइन । दोस्रो, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गरिनु हुँदैन । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत सहयोगको खाँचो रहेको छ ।

तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ । धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं । खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन ।

सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।

अन्त्यमा, उचित पुर्नस्थापना र असल पुर्ननिर्माणका योजना बनाउदै गर्दा हाम्रा प्रयासहरु एजेन्डा २०३० तथा पेरिस सम्झौता अनुकूल हुनुपर्दछ । हामीले स्वास्थ्य र सामाजिक सुरक्षा प्रणाली; पूर्वाधार र रोजगारी सिर्जनामा लगानी गर्नुपर्दछ ।

यस सन्दर्भमा भएका राष्ट्रिय प्रयत्नहरु अन्तरराष्ट्रिय सहयोगका परिपूरकका रुपमा रहनुपर्दछ ।वर्तमान संकटले जीवनको रक्षा तथा समाजको सुरक्षाका लागि विश्वव्यापी एकता र उचित प्रतिबद्धताको माग गर्दछ । मानव सभ्यताले सधै विनाशकारी चुनौतिहरु सामना गरेको र सफलतापूर्वक पुनरागमन गरेको छ ।

हामी लडखडाउनु हुँदैन । एउटै समुदाय, एउटै सभ्यता र एउटै विश्वका रुपमा हामीले तुरुन्तै कार्य गर्नुपर्दछ । कसैलाई पनि पछि नछोडीकन हामी पहिलेभन्दा उत्तम परिस्थितिमा फर्कनुपर्छ ।

धन्यवाद ।