२५ श्रावण २०८३, सोमबार
,
Latest
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालको अनुमान: परराष्ट्रमन्त्री राणालाई भारतले महत्व दिएको एमालेलाई मन परेको छैन



अ+ अ-

काठमाडौं,। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन लामो समय अगाडि नजाने अनुमान गर्नुभएको छ ।

बुधबार देखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले भन्नुभयो परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले कांग्रेससँग एमाले बिच्किसकेकोले यो गठबन्धन लामो समय नजाने अनुमान गर्नु भएको हो ।

बैठकका सहाभगी एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भन्नुभयो ‘परराष्ट्रमन्त्री आरजु राणालाई भारतले जुन ढंगले महत्व दियो, यसले एमाले बिच्किएको छ।’

बैठकमा प्रचण्डले पार्टी विभाजन हुँदैछ भन्ने हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको जनाउदै नेताहरुलाई अनावश्यक मिडिया ट्रायल नगर्न पनि सचेत गराउनुभयो ।