७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द
अ+ अ-

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालयको संयोजनमा आज शुक्रबार बसेको सर्वपक्षीय बैठकले लोकमार्गको अप्ठेरो भिरमा कटान गर्नका लागि यही मंसिर २१ गते आइतबारदेखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय गरेको छ । लोकमार्गको कुश्मा नगरपालिका–७ खरेहादेखि वडा नं ८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय बैठकले गरको छ  । सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको  कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो । 

सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ । लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको छ ।  खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्लाबीचको दूरीमा रहेको भिरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण अघि बढाउन लागिएको हो । 

सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिनुभयो । आयोजनासँग ३६ महिनामा निर्माण काम सक्ने गरी सम्झौता भए पनि गत भदौमा सम्झौता अवधि सकिसकेको छ । कोभिड–१९ का कारण झण्डै सात महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरुआत भएको थियो । 

पर्वतखण्डमा सडक स्तरोन्नतिको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि शुरु गरिएको हो । कम्पनीका प्रतिनिधि राजाराम आचार्यका अनुसार जाडो नबढेसम्म कम्तीमा पनि पाँच किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ । अनुकूल भएसम्म कास्की र पर्वतको सिमानासम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने उहाँले बताउनुभयो । “तापक्रम पुग्ने र वर्षाले नरोकेसम्म कालोपत्रे बिच्छ्याउने काम भइरहन्छ ।” उहाँले भन्नुभयो, “सडकको बाँकी खण्डमा पनि काम निरन्तर भइरहन्छ ।”

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रु ८३ करोड ९८ लाखमा ठेक्का लिएको हो । सो खण्डको २३ किलोमिटरमध्ये संरचनाको काम ९८ प्रतिशत सकिएको छ । बागलुङको सिमाना मालढु«ङ्गादेखि नयाँपुलसम्म करिब पाँच किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण सो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरि कालोपत्रे गर्नुपर्ने अवस्था छ । 

“अहिले बाँकी रहेको संरचनाको काम र बेस राखेको ठाउँमा कालोपत्रे बिच्छ्याउने काम शुरु भएको छ ।” प्रोजेक्ट म्यानेजर भुसालले भन्नुभयो, “बाँकी काम पनि यसै आर्थिक वर्षमा सबै काम पूरा हुन्छ, पहिलेजस्तो काम रोकिने अवस्था छैन ।” सडक निर्माण कार्य लामो समयसम्म अलपत्र भएपछि व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधनसमेत गरेर काम थालिएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख मेघराज मरासिनीले अहिले पर्वत र बागलुङ खण्डमा तीव्ररुपमा काम भइरहेको जानकारी दिनुभयो । चालु आवभित्रै सबै काम सम्पन्न हुने गरी काम भइरहेको उहाँको भनाइ रहेको छ ।