२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगहरुको सम्पती राज्यले तत्काल कब्जा गर्नुपर्छ: राष्ट्रियसभा सांसदहरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनैपनि संस्थामाथि कडा कारबाही हुनेगरी तत्काल कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०का सांसद झक्कुप्रसाद सुवेदीले सहकारी ठगहरुको सम्पती जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले गरिवको पैसामा मोज गर्ने ठगहरुलाई तत्काल कडा कानून बनाएर कारबाही गर्ने काममा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद सुवेदीले भन्नुभयो, यो एउटा आन्दोलनकै रुपमा अगाडि आउनुपर्‍यो कि बद्मासी गर्नेहरुलाई सजायनै गर्नुपर्‍यो । सजाय मात्रै होइन, यिनको प्रपर्टी पनि छ । यिनको प्रपर्टी नयाँ कानून बनाएर तुरुन्तै कब्जा गर्नुपर्छ । र पीडितलाई त्यो पैसा फिर्ता गराउनु पर्छ । गरिव जनताको पैसामा मोज गर्नेहरुलाई कडा भन्दा कडा कानून बनाएर जानुपर्छ भन्ने मलाई लाग्छ ।’

प्रतिपक्ष नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सदाचार नीतिलाई लागू गर्दै मुलुकमा विद्यमान भ्रष्टाचार लगायत अनैतिक कामहरुको अन्त्य गर्ने काममा सरकार र संसद दुवैले जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले नयाँ पुस्तालाई सदाचारको नीतिअनुसार अघि बढाउन नसकेको मुलुकको विकास र समृद्धि सम्भव नहुने समेत स्पष्ट पार्नुभयो ।
सांसद रिजालले भन्नुभयो, ‘सदाचार नीति संसद र सरकारमा पहिला लागू हुनुपर्ने पर्छ । यस अन्तर्गत चलेनौ भने हामी शीर उचो पनि हुँदैन । मुलुकले विकास र समृद्धि पनि हासिल गर्न सक्दैन । सदाचार नीतिको अन्तर्य बुझेर हामीले काम गर्न सक्नुपर्दछ । हामीले युवाहरुलाई सदाचारको बाटामा अगाडि बढाउनु पर्दछ । त्यसका लागि नैतिक शिक्षा विद्यालय तहको पाठयक्रममा समावेश गरेर नै अघि बढ्नुपर्दछ ।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका सांसद वामदेव गौतमले सरकारले सदाचार नीति लागू नगर्ने कुनैपनि निकायमाथि कडा कारबाही हुने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले विद्यालयमा सदाचार नीति नभए अनुदान नदिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिनुभयो ।
सांसद गौतमले भन्नुभयो, ‘सरकारले प्रदेश स्कुलमा सदाचार नीति लागू गर्नका लागि निर्देशन दिनुपर्दछ । जुन स्कुलले सदाचार नीति लागू गर्दैन, उसले अनुदान पाउँदैन । अथवा यो नीति लागू नगर्नेलाई कारबाही गर्नुपर्छ । सरकारको अनुमतिमा सञ्चालन भएका सबै निकायमा सो नीति लागू गर्नुपर्दछ । नभए कारबाही हुन्छ भनेर जानुपर्दछ । ’

सांसद गौतमले सहकारी संस्थाहरुल ऋण प्रवाह गर्न नपाउने व्यवस्था पनि सरकारले गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।