३ आश्विन २०८१, बिहीबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपुल्स लाइब्रेरीका लागि पुस्तक सङ्कलन गर्ने काम सुरु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरीका लागि पुस्तक सङ्कलन गर्ने काम सुरु भएको छ ।

आइतबारबाट प्रधानमन्त्री पत्नी राधिका शाक्यले पुस्तक लिनु सुरु गर्नुभएको हो । आइतबार शाक्यले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ बुझेर पुस्तक सङ्कलनको काम प्रारम्भ गर्नुभएको हो ।

पुस्तक हस्तान्तरण गर्न डा. कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको थियो । स्रष्टा र इच्छुक व्यक्तिहरूले दिनुभएको पुस्तक अब दैनिक एक घण्टा सङ्कलन गरिने भएको छ । पुस्तक प्रधानमन्त्री पत्नी राधिकाले आफैँ सङ्कलन गर्नुहुने भएको छ ।

‘पुस्तक रिसिभ गर्ने काम भोलिदेखि शनिबार बाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म हुने छ, पुस्तक हस्तान्तरण गर्नका लागि प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा आउन सक्नु हुनेछ’, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा लाइब्रेरीको लागि कोठा बनाइएको भए पनि लाइब्रेरीमा राखिएका र्याग खालि थिए । सो पुस्तकालयलाई नागरिक पुस्तकालय बनाउन प्रधानमन्त्री पत्नीले पुस्तक सङ्कलन गर्न सुरु गर्नुभएको हो । प्रधानमन्त्री जो भए पनि उहाँहरूलाई भेट्ने जाने वा बालुवाटार जाने जो कोहीले पनि पढ्न पाउन् भन्ने उद्देश्यले उहाँले पुस्तकालय बनाउने काम सुरु गर्नुभएको हो ।

बालुवाटारसम्म आएर पुस्तक प्रदान गर्नुभएकोमा शाक्यले डा. कोइरालालाई धन्यवाद दिनुभयो ।

डा. कोइरालाले संस्थागत हिसाबले लाइब्रेरीलाई सुहाउने गरी पुस्तक प्रदान गरिएको बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवासमा अरूलाई पनि उपलब्धता हुने गरी पुस्तकालय सञ्चालन गरिनु राम्रो काम भएको कोइरालाले बताउनुभयो ।

‘केही असल सन्देश दिने खालका किताबहरू छन् भने तपाईँ हामी सबैले आफ्नो तर्फबाट सहयोग गर्दा भविष्यमा एउटा ठुलो योगदान यो समाजलाई पुग्न सक्छ’, डा. कोइरालाले भन्नुभयो ।