७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कोरोना भाइरसको संक्रमणबाट ३ सय १ गैरआवासीय नेपालीको निधन

कोरोना भाइरसको संक्रमणबाट ३ सय १  गैरआवासीय नेपालीको निधन
अ+ अ-

लण्डन । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ ।   गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा निधन भएको हो । यो साता  जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको  नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घट्ना हो ।
स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा  रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म  विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा  ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१  प्रतिशत रहेको हो ।  
हालसम्म नेपालमा मात्र २ लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये २ लाख ३४ हजार ७ सय ५६ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर  ९२ दशमलव ३ प्रतिशत रहेको छ ।  नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ५ सय २९ जनाको ज्यान गएको छ ।    
छिट्टै खोप आउने विश्वास
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सन्जीव सापकोटाले कोरोना भाइरस विरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने संकेत देखा परेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।  रुसले निर्माण गरेको स्पुत्निक ५ खोपको सामुहिक परिक्षण सुरु भएको र बेलायत र बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उहाँको भनाई छ । यद्यपी नेपाली समुदायको ठूलो आवादी रहेको अमेरिका लगायतका मुलुकमा खोप प्रयोगको लागि एफडीएद्वारा अझै मान्यता प्राप्त नभएको र संक्रमण दर समेत उच्च रहेकोले सावधानी अपनाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको अनुरोध
विश्वका कोरोना प्रभावित प्रत्येक मुलुकमा खोप उपलब्ध हुने आफ्नै समयरेखा तय भएको हुने हुँदा र खोपको पहुँचका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्ने हुनसक्ने भन्दै डा .सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।
खोपको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, जोखिमयक्त अवस्थाका  मानिस, कमजोर स्वास्थ्य अवस्थाका विरामी पर्ने भन्दै अन्य सबैले कोरोना लाग्नबाटै बच्ने उपाय अवलम्वन गर्न सकिने उहाँले बताउनुभयो । विदेशमा रहेका नेपालीहरु संक्रमणको उच्च जोखिमबाट अझै मुक्त नभएको भन्दै डा. सापकोटाले उच्च स्वास्थ्य सावधानी अपनाएर जनजीवन सामान्य बनाउन आग्रह गर्नुभएको छ ।
क्रिशमस लगायतका चाडपर्वका बेला विशेष सावधानी अपनाऔँ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले विदेशमा क्रिशमस लगायतका पर्वसहित नयाँ वर्ष नजिकिएको भन्दै त्यस्ता समय संक्रमणको उच्च जोखिम हुने भएकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

चाडपर्वका बेला जमघट नगर्न, आफ्ना परिवारका सदस्यबीच मात्रै पर्व मनाउन र भीडभाड भएका स्थानमा सकेसम्म नजान र जानै परे मास्कको अनिवार्य प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको कोभिड १९ु  उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी  गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।