२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानसँग छन् ३ सय अवार्ड, भन्छन् – अवार्ड लिन कुनै लाज मान्दिनँ



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानले हालै आफूसँग ३ सय अवार्ड रहेको खुलासा गरेका छन् । उनले आफ्नो घरमा एउटा कोठा पनि बनाएका छन्, जहाँ उनले यी पुरस्कारहरू राख्छन् ।

शाहरुखले अवार्ड लिन आफूलाई कुनै लाज नभएको पनि बताए । उनलाई दर्शकको माया पाउन मन लाग्छ ।

द गार्डियनसँगको एक अन्तर्वार्तामा शाहरुखलाई सोधिएको थियो कि उनको घरमा अवार्ड राख्नको लागि कुनै विशेष ठाउँ छ ? जवाफमा अभिनेताले भने– ‘मसँग यो कोठाभन्दा ठूलो कोठा छ । मसँग ३०० अवार्ड छ । मसँग ९ तले कार्यालय छ र त्यहाँ प्रत्येक तलामा केही पुरस्कारहरू राखिएको छ ।’

जब शाहरुखलाई अवार्ड पाउनु मनपर्छ भनेर सोधियो । अभिनेताले भने– ‘मलाई रमाइलो लाग्छ । यो मामिलामा म धेरै निर्लज्ज छु । मलाई अवार्ड लिन मन लाग्छ । मलाई समारोह मन पर्छ । यदि मैले भाषण दिनु पर्यो भने, म अलि नर्भस हुन्छु ।’

शाहरुखले अवार्डप्रति आफ्नो प्रेम व्यक्त गरेको यो पहिलो पटक भने होइन । हालै शाहरुखले मुम्बईमा आयोजित २०२४ दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल अवार्डमा ‘जवान’का लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए ।