१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शर्माले पार्टी फुटाउँदैछ भन्ने भ्रम चिरियोः दाहाल , आरोपको खण्डन अध्यक्ष आफैँले गर्नुपर्छः जनार्दन

शर्माले पार्टी फुटाउँदैछ भन्ने भ्रम चिरियोः दाहाल , आरोपको खण्डन अध्यक्ष आफैँले गर्नुपर्छः जनार्दन
अ अ+ अ-

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताउनुभएको छ ।पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर पनि गर्नुभयो । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउनु भयो ।

उहाँले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताउनु भयो । तर त्यो सम्बन्धले पार्टीलाई एकतावद्ध बनाउन मद्दत पु¥याएको अध्यक्ष दाहालको निष्कर्ष थियो । उहाँले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ड रुपले सँगै काम गर्दै आएका छौं । तर उहाँले भनेजस्तो उहाँको स्वभाव र मेरो के हो भन्नेकुरा त सिंगै देशले बुझेकै कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोस्सिएझैं ठोस्सिने चाहीँ गरेका छौं । अहिले मात्रै होइन । जनयुद्ध कालमा पनि, जनयुद्ध पछि पनि र अहिले पनि । तर यो अगुल्टो ठोस्सिएजस्तो ठोस्सिनु आगो बाल्नका लागि, खान पकाउनका लागि, राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु–यो पटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकतावद्ध गर्न, अझ उहाँको र मेरो बीचमा बेलाबेलामा हुने आशंकाहरु दूर गर्न र आफ्नो समझदारीलाई मजदुत गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटकको बैठकहरु मैले अलि भिन्न रुपले संचालन गर्ने सोचेको छु । र विवाद र आशंकाको बीचमा पनि, विवाद र बहसको बीचमा पनि मैले सबै कमरेडहरुसँग प्रभाकरजीसँग पनि कसरी लैजाने त बैठकलाई भन्ने सल्लाह गरेर खुला छलफल गर्न दिउँ, यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने समझदारी अुनसार बैठक अघि बढेका छन् । हामीले खुला हृदयले मन भित्र भएका सही हुन वा गलत । मनोगत हुन वा वस्तुगत हुन् । जे छन भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो–प्रचण्डको अगाडि पर्दा मिठा राम्रा कुरा गर्ने, हाम्रो महान नेतृत्व भन्ने । कोठाबाट निस्केर गएपछि धारे हात लगाउने संख्या बढेको छ । मलाई थाहा चाँही हुन्थ्यो । को को ले के गर्दछन भनेर । तर मैले भित्र जे छ, त्यो बाहिर आओस भन्ने सोचेर नै बैठकलाई नयाँ ढंगले लिएर जाने जमर्काे गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्लाकि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउदैछन् भनेको पनि छैन । सोचेको पनि होइन । तर भ्रम नै भ्रम, वरिपरीकाले भन्दैजाने, अर्कोले भन्दै जाने गर्दा साँँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरु लागेका हुन् । आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरु लागि नै रहन्छन् । कहीँन कहीँ आशंकाको तुवालो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईहरुलाई बडो गर्वका साथ भन्नसक्छु–त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । र प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईंहामी सबैको लागि खुशीको कुरा हो ।’

अध्यक्ष दाहालले पार्टीभित्र खुला छलफल गर्न दिने सोचअनुसार आफूले पछिल्ला बैठकहरु सञ्चालन गरेको पनि बताउनु भयो ।

सोही कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताउनुभएको छ । पार्टी स्थायी समिति बैठकमा आफूले अवको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ रु भनि प्रश्न पनि गर्नुभयो । उहाँले अध्यक्ष दाहाललाई तपाईंको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कंदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताउनु भयो । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रश्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टिकरण थियो । उहाँले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जनवादी क्रान्तिको कार्यदिशामा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गरेर हामी जनयुद्धसम्म आईपुग्यौं । यहाँसम्म हामीले गरेको आन्दोलनहरु, युद्धहरु, परिवर्तनहरु जो सहभागितामुलक, समावेशी लोकतन्त्र एउटा हामीले स्थापना गरेका छौं । त्यसको संश्लेषण चाँहिदैन ? त्यसलाई एउटा बैचारिक रुपमा अघि बढाउनुपर्दैन ? त्यस अरु १००/२०० वर्षसम्म अगाडि बढ्नुपर्दैन ? मैले त प्रचण्डलाई अरु २ सय वर्ष बचाउने कुरा गर्दैछु । मेरो कुरा त्यो हो । अरु २ सय वर्षसम्म प्रचण्ड बाँचून त्यो उनको विचारले गाईड गरोस भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर म माथि अनेक अत्याचारहरु गर्न प्रयत्न गरियो । के प्रचण्डले जीवित हँुँदा मात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाई आफैँ रोज्नुहोस् । त्यसकारण तपाईको भुमिका विचार निर्माणमा रहोस । वैचारिक अथोरिटी लिनुहोस् । सत्ताको नेतृत्व गर्नुस् । संगठनको जिम्मा अरुलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँहरुलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन । मैले भनेको छु उहाँलाई । मलाई चाहिएको छैन । तपाईलाई हटाएर मलाई अध्यक्ष हुनुछैन । तर यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो । प्रश्ताव राखेको हो । छलफल हुँदैछ । भुमिकामा र नेतृत्वलाई स्थापित गर्ने यदि नयाँ ढंगले जाँदैनौ भने हामी सकिन्छौं । हामी नसकिऔं, हामी आन्दोलनलाई बचाऔ भन्नेकुरा राख्दा मैले अनेक आरोप खप्नुपर्ने ? खपौँला पार्टीका लागि खप्ने कुरा गरौँला । स्थायी कमिटीको बैठकबाट ३ वटा कुरा निर्णय भएका छन् । मैले उठाएका केही प्रश्नहरु थिए । मैले सार्वजनिक रुपमा त्यो भन्नैपर्ने हुन्छ । त्यो प्रश्नको बारेमा अध्ययन अनुसन्धान गरेर अध्यक्ष कमरेडले स्पष्ट गर्ने भन्ने निर्णय भएको छ । मैले त्यसलाई ओके गरेको छु । समर्थन गरेको छु । पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छु त्यही वरिपरीबाट नेतृत्व वरिपरीबाट मेरो सिधा कुरा छ । त्यसमा उहाँको भुमिका कति छ, छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिन । गर्नुपर्छ भनेर मैले भनेको छु । र, निर्णय पनि त्यही भएको छ । गर्ने भन्ने भएको छ । अध्यक्ष मैले बोलेपनि भन्नुभएको छ । बोल्नु पनि होला । तेस्रो कुरा पार्टी निर्माण सम्बन्धि राखेको कुरा विचार, योजनाहरुलाई छलफल गरौँला केन्द्रिय समितिसम्म भन्ने भएको छ । पार्टीमा बहस गर्दा त केही बिगँ्रदो रहेनछन् त । स्थायी कमिटीमा बहस गरियो, त्यहाँसम्म पुगियो । केन्द्रिय समितिमा बहस गर्दा त्यो भन्दा राम्रो बन्ला अझ । यो कसरी नराम्रो भयो ? पार्टी बनाउने एजेण्डामा छलफल गर्दा कसरी नराम्रो भयो ? आज जुन ढंगले आरोपित गरेर पार्टी खोल मलाई नभनेका होइनन् । भनेका छन् । तर म किन खोल्ने ? यही पार्टी मेरो हो भनेको छु मैले । यही पार्टी मेरो हो । मैले किन पार्टी खोल्ने ? यही पार्टी हो नि मेरो । मेरो मात्रै होइन, म जस्ता हजारौँको पार्टी हो नि । मैले त्यो भनेको छु । म १४ वर्षदेखि यो आन्दोलनमा लागेको हो । ६१ वर्षको भए । म आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको थियो । त्यसपछि उहाँसँगै छु म । मैले कुनै दिन बिसाएको छैन । एक दिन पनि बिसाएको छैन । कति गल्ती गरे हुँला, कति राम्रो गरे होला । तर आजसम्म मैले बिसाएको छैन । यो करिव ४८ वर्ष भएछ । ४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरु खपेको छु । मैले धेरै आक्रमणहरुको प्रतिवाद गरेको छु । तर सावित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौति दिन्छु अहिले पनि कसैले सावित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रुपमा लाईदिने आरोपको त म के गर्न सक्छु र । रेको हो ।’

उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रुपमा विभिन्न आरोप लाग्ने गरेपनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल