२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिदास हेल्थ सर्भिसेजसँगको प्रयासमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालन



अ+ अ-

काठमाडौँ मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले भर्खरै आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले  भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन  सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्छन् ।

यस एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बिमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि छ।

मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथसाथै बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज  बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको छ ।

यसले अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको छ ।

मिदासले विकास गरेको हस्पिटल एप मार्फत बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै   घरबाटै आरामले  मेडिकल अपोइन्टमेन्टहरू  लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ । सरकारी स्वास्थ्य बिमा कभरेज भएका व्यक्तिहरूलाई निःशुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको छ ।