१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

गठ्ठाघर दुर्घटनामा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

गठ्ठाघर दुर्घटनामा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
अ अ+ अ-

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । ओखलढुंगाको चिशंखुगढी नगरपालिका–४ रातमाटे घर भएका उत्तम कोइरालाको दुर्घटनामा निधन भएको हो ।

सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो । ट्रकको ठक्करबाट युवतीको निधन भएको बताइएको थियो ।

कोइरालाको सनाखत भएसँगै उनका आफन्तहरु काठमाडौं आइपुगेका छन् । उत्तमका तीन छोरी छन् । जेठी छोरी अष्ट्रेलियामा रहेको र माइली छोरी हप्तादिन अघि मात्रै अमेरिका पढ्न गएको खुलेको छ । यस्तै, कान्छी छोरी भने काठमाडौंमा पढ्दैछिन् ।

घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरमा सवार कोइरालालाई दिउँसो पौने दुई बजेको आसपासमा ठक्कर दिएको थियो । सार्वजनिक भएको सिसीटिभी फुटेजमा ट्रकले स्कुटरलाई ठक्कर दिएको स्कुटरमा सवार कोइरालालाई लतार्दै लगेको देख्न सकिन्छ ।