४ आश्विन २०८१, शुक्रबार
,
Latest
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठ्ठाघरमा सडकबाट मृतक महिलाको शव उठाइयो



अ+ अ-

भक्तपुर। गठ्ठाघरमा दुर्घटना परी मृत्यु भएकी स्कुटर चालक महिलाको शव उठाइएको छ ।

आज दिउँसो ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिई केही मिटर परसम्म घिसारिएको थियो ।

दिनभर तनावग्रस्त बनेको गठ्ठाघरमा शव उठाएपछि माहोल शान्त बन्दै गएको छ । ट्राफिक प्रहरीको कमजोरीको कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयहरुले केहीबेर ट्राफिक प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए ।

आक्रोशित स्थानीयले मृतक महिलाको शव उठाउन दिएका थिएनन । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको थियो ।